अमेरिकामा फेरि हिन्दु मन्दिरमा तोडफोड

वासिङ्टन डिसी । अमेरिकामा फेरि हिन्दु मन्दिरमा तोडफोड भएको छ । न्यूयोर्कमा रहेको हिन्दु मन्दिरमा आक्रमण भएको १० दिन पनि बितेको छैन । अहिले फेरि क्यालिफोर्नियाको साक्रामेन्टोमा रहेको बीएपीएस स्वामीनारायण मन्दिरलाई निशाना बनाइएको छ । मन्दिर बाहिर बोर्डमा हिन्दु विरोधी टिप्पणी लेखिएको छ ।
साक्रामेन्टो काउन्टीका पुलिस अधिकारीहरूले घृणा फैलाउने अपराधबारे अनुसन्धान गरिरहेको बताएका छन् । बीएपीएस श्री स्वामीनारायण मन्दिर रान्चो कर्डाेभा क्षेत्रको आर्मस्ट्रङ एभिन्यूमा रहेको छ । यो स्याक्रामेन्टो माथेर विमानस्थलको उत्तरमा रहेको छ ।
पार्किङको अगाडिको साइन बोर्डमा भारत सरकारको नाममा टिप्पणी लेखेको थियो । आक्रमणकारीहरूले मन्दिरसँग जोडिएको पानीको लाइन पनि काटेको बताइएको छ । भारतीय प्रधानमन्त्री मोदी अमेरिका भ्रमण सकेर भारत फर्किएकै समयमा यी हमला भएका हुन् ।
अमेरिका र क्यानडाका हिन्दु मन्दिरहरूमा यसअघि पनि खालिस्तान समर्थकहरूले यस्ता हमला गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार