अमेरिकामा फेरि हिन्दु मन्दिरमा तोडफोड
वासिङ्टन डिसी । अमेरिकामा फेरि हिन्दु मन्दिरमा तोडफोड भएको छ । न्यूयोर्कमा रहेको हिन्दु मन्दिरमा आक्रमण भएको १० दिन पनि बितेको छैन । अहिले फेरि क्यालिफोर्नियाको साक्रामेन्टोमा रहेको बीएपीएस स्वामीनारायण मन्दिरलाई निशाना बनाइएको छ । मन्दिर बाहिर बोर्डमा हिन्दु विरोधी टिप्पणी लेखिएको छ ।
साक्रामेन्टो काउन्टीका पुलिस अधिकारीहरूले घृणा फैलाउने अपराधबारे अनुसन्धान गरिरहेको बताएका छन् । बीएपीएस श्री स्वामीनारायण मन्दिर रान्चो कर्डाेभा क्षेत्रको आर्मस्ट्रङ एभिन्यूमा रहेको छ । यो स्याक्रामेन्टो माथेर विमानस्थलको उत्तरमा रहेको छ ।
पार्किङको अगाडिको साइन बोर्डमा भारत सरकारको नाममा टिप्पणी लेखेको थियो । आक्रमणकारीहरूले मन्दिरसँग जोडिएको पानीको लाइन पनि काटेको बताइएको छ । भारतीय प्रधानमन्त्री मोदी अमेरिका भ्रमण सकेर भारत फर्किएकै समयमा यी हमला भएका हुन् ।
अमेरिका र क्यानडाका हिन्दु मन्दिरहरूमा यसअघि पनि खालिस्तान समर्थकहरूले यस्ता हमला गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण