वर्षाका कारण शुक्रबार २ सय ३८ उडान रद्द
काठमाडौँ । शुक्रबार बिहानैदेखि सुरु भएको भारी वर्षाका कारण कम्तीमा २ सय ३८ वटा हवाइ उडान रद्द भएका छन् ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार एकैपटक यति धेरै उडान रद्द भएको यो नै पहिलो पटक हो । पर्वतीय उडान, सुगम र दुर्गमका लागि दुईतर्फीसमेत गरेर शुक्रबार ३ सय १६ उडानको तालिका थियो ।
त्यसमध्ये ७८ वटामात्रै उडान भएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले निरौलाले जानकारी दिए । बाँकी सबै उडान रद्द भएका हुन् ।
उनका अनुसार तुम्लिङटार, भरतपुर, पोखरा र सुर्खेत विमानस्थल शुक्रबार खराब मौसमका कारण दिनभर बन्द भएका थिए । अरू विमानस्थल भने छिटपुट सञ्चालनमा आएपनि सबै यात्रुले गन्तव्यमा पुग्न भने पाएनन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसमका कारण शुक्रबार साँझ ७ देखि शनिबार बिहानसम्मका सबै आन्तरिक उडान रद्द गर्ने निर्णय गरेको छ ।
प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले देशभरका सबै विमानस्थल र हवाई रुटमा अत्यधिक खराब मौसमका कारण जहाज हल्लाउने, डाइभर्ट हुने क्रम नरोकिएपछि प्राधिकरणले शनिबार बिहान मौसममा सुधार नआएसम्म कतै पनि आन्तरिक उडान र हेलिकोप्टर चार्टर नगराउने निर्णय गरेको जानकारी दिए ।
मौसमका कारण बुद्ध एयरका १ सय १४, यतीका ६०, श्रीका ३२, सीताका १४, समिटका ६, ताराका ६ र नेपाल वायुसेवा निगमका ६ गरी २ सय ३८ वटा उडान रद्द भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण