छविलाल जोशीलाई गैरकानुनी थुनामा राखिएको दाबी गर्दै सर्वोच्चमा निवेदन
काठमाडौँ । गोर्खा मिडियामा सहकारीको पैसा अपचलन गरेको अभियोगमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ।
जोशीका तर्फबाट रोचक जोशीले थुनामुक्त माग गर्दै निवेदन दर्ता गरेका हुन् । आइतबार सर्वोच्चमा निवेदन दर्ता भएको थियो भने सोमबार पेसी तोकिएको छ। आज न्यायाधीशमा तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको छ।
पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको थियो । पोखरामा उनको बयान सकिएको छ भने थप अनुसन्धान भइरहेको छ।
संसदीय छानबिन विशेष समितिले दिएको प्रतिवेदनमा जोशीलाई पनि कारबाही गर्न सिफारिस गरिएको थियो। प्रतिनिधिसभामा पेस भएको प्रतिवेदन सभामुख देवराज घिमिरेले कार्यान्वयनका लागि सरकारलाई पठाउन निर्देशन दिएका थिए।
असोज ४ गतेको मन्त्रिपरिषद् बैठकले सहकारी छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । प्रतिवेदन गृह मन्त्रालयमा पठाएको थियो । गृहमा पुगे लगत्तै पूर्वडीआईजी जोशीलाई पक्राउ गरिएको हो।
उनी गोरखा मिडिया नेटवर्कका सञ्चालक हुन्। पोखराको सूर्यदर्शन सहकारीको बचत रकम गोरखा मिडियामा लगानी गरेको पाइएको थियो।
यसमा जोशीसँगै पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जीवी राईलाई पनि कारबाही गर्न सिफारिस गरिएको छ। राई गोरखा मिडियाका अध्यक्ष हुन् भने लामिछाने त्यति वेला प्रबन्ध निर्देशक थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण