जर्जियामा गर्भपतनमा लगाइएको प्रतिबन्ध खुला गर्न अदालतको आदेश
मङ्गलबार, १५ असोज २०८१, ०३ : १५
जर्जिया । जर्जियामा गर्भपतनमा लगाइएको प्रतिबन्ध अदालतले खुला गरिदिएको छ ।
सोमबार फुल्टनका न्यायाधीश रोबर्ट म्याकबर्नीले गर्भपतनमा लगाइएको प्रतिबन्धात्मक कानून खारेज गर्न गर्दै ६ हप्तासम्मको गर्भपतन गर्न पाउने महिलाको अधिकार सुनिश्चित गर्न आदेश दिए । उनले २२ हप्तासम्मको गर्भपतन गर्न पाउने व्यवस्थाका लागि समेत आदेश गरेका छन् ।
उनले महिलाको शरीरमा उसकै हक हुने भन्दै त्यसबारे महिलालाई रोजाइ हुने व्यवस्था गर्न आदेश गरे ।
त्यसमा राज्यले हस्तक्षेप गर्न नमिल्ने उनको फैसलामा उल्लेख छ । त्यहाँको सरकारले सन् २०१९ मा कानून बनाएर गर्भपतनलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
तर त्यसबारे अदालतमा मुद्दा परेपछि सन् २०२२ सम्म पनि त्यो व्यवस्था लागु भएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका प्रधानमन्त्री र साउदी विदेशमन्त्रीबिच फोन वार्ता
-
पोखरा स्पोर्टस् अवार्डबाट ७ लाख ७१ हजार बचत
-
बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने
-
डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति: फिलीप
-
प्रश्नपत्र चुहावट घटना : छानबिन समिति विघटन गरी नयाँ बनाउन स्ववियुको माग
-
जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण