मध्यपूर्वमा जारी तनावका बिच बढ्यो तेलको मूल्य
न्यूयोर्क । बुधबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । इरानले इजरायलमा अहिलेसम्मकै ठुलो सैन्य आक्रमण गरेलगत्तै तेलको आपूर्ति प्रभावित हुने चिन्ताबिच तेलको मूल्य बुधबार २ प्रतिशतभन्दा बढीले बढेको हो । बुधबार लन्डनस्थित आईसीई एक्सचेञ्जमा ब्रेन्ट क्रुडको भाउ २ दशमलव २ प्रतिशतले बढेर प्रतिब्यारेल ७५ डलर १९ सेन्टमा पुगेको थियो ।
न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई)को भाउ पनि २ दशमलव ४ प्रतिशतले बढेर ब्यारेलको ७१ डलर ५३ सेन्टमा उक्लिएको थियो । मंगलबार तेलको दुबै बेञ्चमार्क ५ प्रतिशतभन्दा बढीले बढेका थिए । बजार बन्द हुँदा वृद्धि साढे २ प्रतिशतमाथि थियो । बुधबार बिहानै इरानले इजरायलमाथि थप आक्रमण गर्ने चेतावनी दिएको थियो ।
उता, इजरायल र अमेरिकाले भने तेहरानको प्रतिकार गर्ने भनेका छन् । इरानले इजरायलमाथि जमिनबाट समेत धावा बोल्न थालेपछि दुई देशबिचको युद्धमा अमेरिका पनि तानिने देखिएको छ । विश्वको कूल तेल उत्पादनको इरानले ४ प्रतिशत हिस्सा ओगटेको छ । इरानको तेल आपूर्ति प्रभावित भएमा साउदीले बढाउन सक्छ । तर अहिलेका लागि मध्यपूर्वको तनावले विश्वको तेल बजारलाई तताइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण