बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रणबीर कपुरको जग्गा जासूस बच्चा एक्लैले हेर्न नसक्ने

सोमबार, २६ असार २०७४, १२ : ५७
सोमबार, २६ असार २०७४

१४ जुलाईमा रिलिज हुन लागेको रणबीर कपुरको फिल्म जग्गा जासूमाथि सेन्सर बोर्डले कैंची चलाएको छ । वास्तवमा ट्रेलरले नै बच्चाहरुलाई लोभ्याइरहेको फिल्मलाई बोर्डले ग्रब् सर्टिफिकेट दिएको छ । अर्थात्, यो फिल्म बच्चाहरुले ठूलाको अनुपस्थितीमा हेर्न सक्दैनन् ।

अनुराग बसुको निर्देशनमा बनेको यो फिल्मलाई गत हप्ता बिहिबार सेन्सर बोर्डको अफिस पठाइएको थियो र शुक्रबार दिउँसो बच्चाले एक्लै फिल्म हेर्न नपाउने निर्णय तोकियो ।

फिल्मको निर्माण पक्ष रुष्टः

यस्तै, सेन्सर बोर्डको यो निर्णयले फिल्मको निर्माण पक्ष रिसाएका छन् । सेन्सर बोर्डले फिल्मलाई यस्तो सर्टिफिकेट किन प्रदान गर्यो भन्नेबारे आफूलाई थाहा नभएको अनुरागका नजिककाले टिप्पणी गरेका छन् । स्मरण रहोस्, फिल्ममाथि पछिल्लो ४ वर्षदेखि काम भइरहेको थियो र यो एउटा यस्तो पुरुषको कहानी हो जो आफ्नो पिताको खोजीमा जुटेका छन् ।

यता सेन्सर बोर्ड चिफ पहलाज निहलानीले फिल्म हेरेपछि यसलाई यू÷ए सर्टिफिकेट किन दिइएको भन्ने बारे सबैले बुझ्ने उनले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप