बेरुत हमलामा हिजबुल्ला मुख्यालयका कमान्डरको मृत्यु
मङ्गलबार, २२ असोज २०८१, ११ : १९

बेरुत । इजरायलले बेरुतमा गरेको हमलामा हिजबुल्लाह मुख्यालयका कमान्डर सुहैल हुसैन हुसैनीको मृत्यु भएको छ । बेरुतमा रहेको समूहको मुख्यालयमा इजरायली हवाई बल (आईएएफ)ले सोमबार गरेको हमलामा उनको मृत्यु भएको इजरायली रक्षा बल (आईडीएफ)ले मंगलबार दाबी गरेको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलाई इमेल गरेको पत्रमा आईडीएफले हुसैनीको मृत्युको पूष्टि गरेको छ । हुसैनीले इरान र हिजबुल्लाहबीच हतियार ओसारपसारमा मुख्य भूमिका खेल्दै आएका थिए ।
उनले हिजुबुल्लाहको लजिष्टिकको व्यवस्थापन गर्थे भने अन्य सञ्चालनको संयोजन पनि गर्थे । तर यसबारे हिजबुल्लाहले कुनै प्रतिक्रिया दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा
-
राष्ट्रपति रामचन्द्र पौडेलको शुभकामना सन्देश
-
प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश
-
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको शुभकामना सन्देश
-
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माको शुभकामना सन्देश
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची