अमेरिकामा शक्तिशाली आँधी आउने अनुमान
काठमाडौँ । अमेरिकामा केही दिनभित्रै शक्तिशाली आँधी आउने अनुमान गरिएको छ । अब १० दिनबीचमै दोस्रो ठूलो तुफान आउनसक्ने आशंका गरिएको न्यूज एजेन्सी रोयटर्सले जनाएको छ ।
उसका अनुसार फ्लोरिडामा मिल्टन तुफानलाई लिएर चेतावनीहरु जारी भएका छन् । नेशनल हरिकेन सेन्टरले यसलाई सर्वाधिक विनासकारी तुफानको क्याटगोरी ५ मा राखेको छ भने यो क्याटगोरीमा मानवीय तथा उच्च भौतिक क्षतिको नोक्सानको खतराका रुपमा मानिन्छ।
मिल्टन बुधबार फ्लोरिडाको घना बस्ती रहेको क्षेत्र ‘टम्पा बे’मा ठोकिन सक्ने जनाइएको छ। अहिलेसम्म टम्पाबाट १००० किलोमिटर टाढा रहेको जनाइएको छ।
टम्पामा करिब ३० लाख मानिसरहरुको बसोबास रहेको छ। आँधी टम्पबा बेमा पुग्दा गति कम हुने आँकलन गरिएको छ। त्यसपछि यो आँधी मध्य फ्लोरिडा हुँदै एटलान्टिक ओसनतर्फ बढ्ने बताइएको छ।
मिल्टन आँधी मेक्सीको खाडीबाट अघि बढेको छ। सोमबार राति तुफानको गति करिब २ सय ८५ किलोमिटर प्रतिघण्टा रहेको थियो। फ्लोरिडा राज्यतर्फ बढेको आँधिका कारण फ्लोरिडामा रहेका ६७ मध्ये ५१ काउन्टिमा आपतकालीन अवस्थाको घोषणा गरिएको छ।
फ्लोरिडाको तटवर्ती इलाका खाली गरिएको छ। अहिलेसम्म ५ लाख मानिसहरुलाई सुरक्षित स्थानमा लगिएको जनाइएको छ।
अमेरिकामा यसअघि हेलेन तुफान आएको थियो। उक्त भिषण आँधीमा परी कम्तीमा २ सय २५ जनाको मृत्यु भएको थियो भने केही मानिसहरु अझै बेपता रहेको जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण