भारतविरुद्धको टेस्टका लागि न्युजिल्यान्डको टोली घोषणा
काठमाडौँ । निकट भविष्यमा हुने भारतविरुद्धको टेस्ट शृङ्खलाका लागि बुधबार न्युजिल्यान्डको क्रिकेट टोलीको घोषणा गरिएको छ । भारत र न्युजिल्यान्डबिचको टेस्ट क्रिकेट शृङ्खला अक्टोबर १६ तारिखदेखि सुरु हुँदैछ ।
न्युजिल्यान्ड क्रिकेट बोर्डले टम लाथमको कप्तानीमा टोलीको घोषणा गरेको हो । टोलीमा अनुभवी ब्याट्सम्यान केन विलियम्सनलाई पनि समावेश गरिएको छ । तर, उनी केही पछिमात्र भारत आउने समाचारमा जनाइएको छ ।
यसअघि न्युजिल्यान्डको टोली श्रीलङ्का भ्रमणमा गएको थियो । सोही क्रममा केन विलियम्सन ग्रोइन समस्याबाट पीडित भएको बताइएको छ । त्यसैले उनी हाल उपचारका क्रममा छन् र केही समयपछि मात्र भारत भ्रमणमा आउने छन् ।
यसैगरी, स्टार अलराउन्डर माइकल ब्रासवेललाई पनि टोलीमा समावेश गरिएको छ । उनी टोलीसँगै भारत भ्रमणमा आउने छन् । तर, बेंगलुरुमा खेलिने पहिलो टेस्टपछि उनी पुनः न्युजिल्यान्ड फर्कने समाचारमा जनाइएको छ ।
ब्रासवेल दोस्रो सन्तानको पिता बन्ने तयारीमा छन् । त्यसैले उनी पहिलो टेस्ट खेलेर भारतबाट न्युजिल्यान्ड फर्कन लागेका हुन् । ब्रासवेल न्युजिल्यान्ड फर्किएपछि उनको स्थान ईश सोढीले लिने बताइएको छ ।
न्युजिल्यान्डको टोलीमा मार्क चापम्यानलाई पनि समावेश गरिएको छ । केन विलियम्सन अनुपस्थित हुने सम्भावना रहेकाले चापम्यानलाई टोलीमा समावेश गरिएको बोर्डले जनाएको छ । न्युजिल्यान्डको टोली शुक्रबार भारत प्रस्थान गर्नेछ ।
टोलीमा टम लाथम (कप्तान), टम ब्लंडेल (विकेटकिपर), माइकल ब्रासवेल (पहिलो टेस्टमात्र), मार्क चापम्यान, डेभोन कनवे, म्याट हेनरी, ड्यारल मिचेल, विल आ’रुर्क, एजाज पटेल, ग्लेन फिलिप्स, रचिन रवीन्द्र, मिचेल सान्टनर, बेन सियर्स, ईश सोढी (दोस्रो र तेस्रो टेस्टका लागि), टिम साउदी, केन विलियम्सन र विल यङ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण