३० प्रतिशत तलब बढाउने प्रस्ताव बोइङले लियो फिर्ता
वाशिङटन डीसी । अमेरिकी यात्रुवाहक विमान निर्माता कम्पनी गुगलले आफ्ना कर्मचारीको तलब ३० प्रतिशतले बढाउने प्रस्ताव फिर्ता लिएको छ । कर्मचारी संगठनका प्रतिनिधिहरूसँगको वार्ता अगाडि बढ्न नसकेपछि आफूले तलब वृद्धिको प्रस्ताव फिर्ता लिएको कम्पनीको भनाई छ ।
बोइङको प्रस्तावलाई इन्टरनेशनल एशोसियशन अफ मशिनिष्ट एन्ड एरोस्पेश वर्कस युनियम (आईएएम)का सदस्यहरूले अस्वीकृत गरेका थिए ।
वार्ता नै नहुने अफरमा बोइङ जबर्जस्ती अड्डी लिएर बसेको आईएएमले भनेको थियो । गएको महिना बोइङले सबैभन्दा राम्रो र अन्तिम प्रस्ताव भन्दै कर्मचारीको तलब चार वर्षका लागि ३० प्रतिशत बढाउने प्रस्ताव गरेको थियो । आईएएमले भने तलब ४० प्रतिशत बढाउन माग गरेको थियो । व्यवसायमा प्रतिस्पर्धी रहनका लागि आफूहरूले स्वीकार गर्ने भन्दा निकै धेरै तलबको माग कर्मचारी संगठनले गरेको बोइङका स्टेफाइन पपले कर्मचारीलाई पठाएको पत्रमा भनेका थिए ।
यस्तो स्थितिमा थप वार्ता नहुने भन्दै अफर फिर्ता गरिएको उनको भनाई थियो । कर्मचारी संगठनका प्रतिनिधिहरूले भने पछिल्लो प्रस्तावमाथि कम्पनीले वार्ता गर्ने इच्छा नदेखाएको भनिरहेका छन् । उत्तरपश्चिम अमेरिकामा बोइङका ३० हजार भन्दा धेरै कर्मचारी गएको महिनायता हड्तालमा उत्रिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण