बाराक ओबामाले कमला ह्यारिसका लागि मागे भोट
वासिङ्टन डीसी । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले डेमोक्रेटिक पार्टीकी राष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिसका लागि मत मागेका छन् । पेन्सिलभेनियामा ओबामाले मतदाताहरूलाई ह्यारिसका लागि भोट मागेका हुन् ।
‘बाहिर निस्कनुहोस् अनि कमला ह्यारिसलाई भोट गर्नुहोस् ।’ जनतालाई अनुरोध गर्दै ओबामाले भनेका थिए । ओबामाले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसबिच कडा प्रतिस्पर्धा हुने पनि बताएका थिए ।
आफ्नो सम्बोधनका क्रममा ओबामाले जनतालाई उनको नीतिका लागि मात्र नभई मूल्यमान्यता र सिद्धान्तका लागि पनि ह्यारिसलाई मतदान गर्न आग्रह गरेका थिए । फोन राखेर आफ्ना साथीभाइ र परिवारसँग भोट हाल्न जान भनेर पनि उनले भनेका थिए ।
कमला ह्यारिसको समर्थनसँगै बाराक ओबामाले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि आलोचना गरेका छन् । उनले अर्थतन्त्र र गर्भपतनलगायत धेरै विषयमा ट्रम्पमाथि हमला गरे । यसबाहेक उनले सेप्टेम्बर १० मा भएको राष्ट्रपतीय बहसलाई लिएर पनि ट्रम्पको आलोचना गरेका थिए । उनले स्वास्थ्य सेवाका सम्बन्धमा ट्रम्पसँग कुनै ठोस योजना नभएको र ह्यारिससँग अमेरिकाको लागि ‘ठोस’ योजनाहरू भएकोमा जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण