अनुभवी खेलाडीहरूलाई बाहिर राख्दै दोस्रो टेस्टका लागि पाकिस्तानी टोलीको घोषणा
पाकिस्तान । भ्रमणकारी टोली इङ्गल्यान्ड र पाकिस्तानबिचको दोस्रो टेस्ट क्रिकेट मंगलबारदेखि मुल्तानमा सुरु हुँदैछ । उक्त टेस्टका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आफ्नो नयाँ स्वरुपको टोलीको घोषणा गरेको छ ।
तीन टेस्टको शृङ्खलामा इङ्गल्यान्ड १–० ले अगाडि छ । यसअघि मुल्तानमै खेलिएको पहिलो टेस्टमा इङ्गल्यान्डले पाकिस्तानलाई एक पाली र ४७ रनको विशाल अन्तरले हराएको थियो । पहिलो टेस्टमा लज्जास्पद हार बेहोरेपछि पाकिस्तानले दोस्रो टेस्टका लागि घोषित टोलीमा थुप्रै अनुभवी खेलाडीलाई स्थान दिएको छैन ।
दोस्रो टेस्टका लागि घोषित पाकिस्तानी टोलीमा केही नयाँ अनुहारलाई स्थान दिइएको छ । पूर्वकप्तान बाबर आजम, तिब्रगतिका स्टार बलर साहिन शाह अफरिदी र नसिम शाहले टोलीमा स्थान पाउन सकेनन् ।
दोस्रो टेस्टका लागि घोषित पाकिस्तानी टोलीमा सान मसुद (कप्तान), साउद सकिल (उपकप्तान), मोहम्मद रिजवान (विकेटकिपर), अब्दुल्लाह सफिक, साम ऐयुब, कमरान गुलाम, लमान आगा, आमिर जमाल, नोमन अली, साजिद खान र जाहिद महमुद रहेका छन् ।
इङ्गल्यान्डले भने दोस्रो टेस्टका लागि यसअघि नै आफ्नो टोलीको घोषणा गरिसकेको छ । इङ्ल्यान्डको टोलीमा नियमित कप्तान बेन स्टोक्स पनि फर्किएका छन् । उनी यसअघि अघिल्ला चार टेस्टमा अनुपस्थित थिए ।
दोस्रो टेस्टका लागि घोषित इङ्ल्यान्डको टोलीमा बेन स्टोक्स (कप्तान), ज्याक क्रावली, बेन डकेट, ओली पोप, जो रुट, ह्यारी ब्रुक, जामी स्मिथ, ब्रायडन कारसे, म्याट पट्स, ज्याक लिच र सोएब बसिर रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण