बिश्नोई समाजसँग माफी माग्न सलमानलाई बीजेपी नेताको सल्लाह
मुम्बई । एनसीपी अजित पवार गुटका नेता र महाराष्ट्र सरकारका पूर्वमन्त्री बाबा सिद्दिकीको १२ अक्टोबरमा मुम्बईमा गोली हानी हत्या गरिएको थियो। यसैबिच भाजपा नेता तथा पूर्व राज्यसभा सांसद हरनाथ सिंह यादवले सलमान खानलाई बिश्नोई समुदायसँग माफी माग्न सल्लाह दिएका छन् ।
बिश्नोई समुदायमा अभिनेताप्रति असन्तुष्टि रहेको बताउँदै सलमानले आफ्नो गल्तीका लागि उनीहरूसँग माफी माग्नुपर्ने उनको सुझाव छ। बीजेपी नेता सिंहले लेखेका छन्, ‘मानिसले गल्ती गर्छ । तपाईं एक महान अभिनेता हुनुहुन्छ। देशका धेरै मानिसहरूले तपाईँलाई माया गर्छन्। तपाईँले गल्ती गर्नुभयो। बिश्नोई समुदायको भावनाको कदर गरेर माफी माग्न मेरो सल्लाह छ ।’

फिल्म ‘हम साथ साथ है’ को सुटिङका क्रममा राजस्थानको जंगलमा कालो हरिणको शिकार गरेको आरोपमा उनी जेल परेका थिए । सलमानबाहेक सैफ अली खान, सोनाली बेन्द्रे, तब्बु र नीलम कोठारीलाई पनि यो आरोप लागेको थियो ।
त्यसपछि बिश्नोई समुदायले सलमानविरुद्ध उजुरी दिएका थिए । यसका लागि जोधपुर अदालतले सलमानलाई ५ वर्षको जेल सजाय पनि सुनाएको थियो । तर, पछि उनले जमानत पाए ।
गत अप्रिल १४ मा सलमान खानको बान्द्रास्थित घर ग्यालेक्सी अपार्टमेन्टमा गोली चल्यो। लरेन्स समूहले यो आक्रमणको जिम्मेवारी लिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण