फिलिपिन्समा आँधीबाट १४ जनाको मृत्यु, हजारौँ विस्थापित
मनिला । फिलिपिन्समा आँधीका कारण आएको बाढीबाट १४ जनाको मृत्यु भएको छ भने हजारौँ विस्थापित भएका छन् । उद्धारकर्ताहरूले बुधबार बाढीमा फसेका बासिन्दाहरू समक्ष पुग्ने प्रयास गरेका थिए । मुसलधारे वर्षाले सडकहरू खोलामा परिणत भएका छन् भने पूरै गाउँहरू डुबानमा परेका छन् ।
उत्तरी फिलिपिन्समा बाढीले कम्तीमा ३२ हजार मानिस आफ्नो घर छोडेर भागेका प्रहरीले बताएको छ । राजधानी मनिलाबाट करिब चार सय किलोमिटर दक्षिणपूर्वमा रहेको बिकोल क्षेत्रमा अप्रत्याशित रूपमा उच्च बाढीले उद्धार कार्यलाई जटिल बनाइरहेको प्रहरीले जनाएको छ ।
“हामीले प्रहरी उद्धार टोलीहरू पठाएका थियौँ तर उनीहरूलाई केही क्षेत्रमा प्रवेश गर्न कठिनाइ भएको थियो”, क्षेत्रीय प्रहरी प्रवक्ता लुइसा कालुबाकिबले भने । नागाको बिकोल सहरमा बाढीमा डुबेर ११ जनाको मृत्यु भएको स्थानीय प्रहरी प्रमुख इर्विन रिबेलियनले बताए ।
राजधानीको दक्षिणपूर्व क्वेजोन प्रान्तमा एक वृद्धाको डुबेर मृत्यु भएको छ भने एक बालकको पनि बाढी आएको नहरमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मनिलाको सिभिल डिफेन्स अफिसले रुखको हाँगाबाट खसेर एक जनाको मृत्यु भएको जनाएको छ ।
बेलुका ८ बजेसम्म आँधीको केन्द्र लुजोनको इसाबेला प्रान्तबाट एक सय ५० किलोमिटर पूर्वमा रहेको थियो र अधिकतम निरन्तर हावा ९५ किलोमिटर प्रतिघन्टासम्म बढेको राष्ट्रिय मौसम एजेन्सीले जनाएको छ ।
यो रातिको समयमा इसाबेलाको तटमा ठोक्किने अपेक्षा गरिएको थियो । यो टापू पार गरेर दक्षिण चीन सागरमा जाँदा थोरै कमजोर हुँदै गएको थियो । विगत २४ घण्टामा यस क्षेत्रमा पाँच सय मिलिमिटरभन्दा बढी वा एक महिनाभन्दा बढीको वर्षा भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण