ललितपुर महानगरले बाढी प्रभावित छ स्थानीय तहलाई तीन करोड ५० लाख आर्थिक सहयोग गर्ने

ललितपुर । गत असोज ११ र १२ गतेको बाढिपहिरोले प्रभावित भएका ललितपुर र काठमाडौँका छ स्थानीय तहलाई ललितपुर महानगरले आर्थिक सहयोग गर्ने भएको छ ।
बुधबार बसेको महानगर कार्यपालिका बैठकले ललितपुरका पाँच तहलाई रु ५० लाख र काठमाडौँको दक्षिणकाली नगरपालिकालाई एक करोड रुपैयाँ उपलव्ध गराउने निर्णय गरेको महानगरप्रमुख चिरीबाबु महर्जनले जानकारी दिए ।
'ललितपुरका गोदावरी र महालक्ष्मी नगरपालिका, बागमती, महाङ्काल र कोन्ज्योसोम गाउँपालिकालाई ५० लाख र काठमाडौँको दक्षिणकाली नगरलाई एक करोड दिने निर्णय भएको छ,' उनले भने, 'विपद् व्यवस्थापनमा सहयोग पुगोस् भनेर सहयोग गरेका हौँ । समस्या परेका बेला छिमेकी पालिकालाई सहयोग गर्नु हाम्रो धर्म हो, यो सहयोगले बिग्रिएका, भत्किएका संरचना पुनःनिर्माण गर्न र जनजीवन सहज बनाउन सहयोग पुग्ने विश्वास लिएका छौँ ।'
ललितपुरको दक्षिण भेगमा रहेका गोदावरी, महाङ्काल, कोन्ज्योसोम र बागमतीलाई सङ्घीय सरकार र प्रदेश सरकारले विपद् सङ्कटग्रस्त पालिका घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : सनराइजर्स विजयी, घरेलु मैदानमा ६ विकेटले हार्यो लखनउ
-
प्रिमियर लिग च्याम्पियन लिभरपुललाई हरायो ब्राइटनले
-
पुटिनसँग दुई घण्टा कुराकानी गरेपछि ट्रम्पले के भने ?
-
काठमाडौं उपत्यकामा एकाएक ठूलो वर्षा, देशका अन्य भागमा समेत मौसम गडबड
-
‘कालोबजारी गर्ने व्यवसायीलाई कारबाही’: मन्त्री भण्डारी
-
बैतडीमा हुरी र असिनापानी एकैसाथ, एक जना घाइते