नीद
लागिहाल्यो नीद
ओछ्यानमा ढल्कने बित्तिकै
आइहाल्यो सपना पनि
खोज्दै खोज्दै मेरो नीदलाई
दुई परेली भित्र रमाउन ।
मेरो नीदले
दिनभरिका थकानहरू
मेटिरहे आरामसाथ
सम्पूर्ण पिर चिन्तालाई
बिपनासँगै छाडेर ।
केही चाहिँदैन मेरो नीदलाई
मेरा दुई आँखा सिवाय
आउँछ हरेक रात्रिमा
समय ढल्दै गएपछि
बन्द गराउँछ दुवै ढकनी
र सुती नै रहन्छ
बिहानै नहुन्जेल सम्म ।
कहिले काहीँ त
जानै मान्दैन यो नीद
बिहान सबेरै घडीको घण्टीले
टिनिनिनि पारेर ब्युँझाउनु पर्छ
कोही आएर झकझकाउनु पर्छ
व्यस्त यो दुनियाँको समयमा ।
कहिले काम गर्दागर्दै
कहिले यात्रामा
कहिले भाषण सुन्दासुन्दै
कहिले औषधिले लट्ठ पारेको बेला
कहिले ढल्केर पढ्दा पढ्दै
थाहै नदिईकन एक्कासि आइदिन्छ
यो नीद
अनि यो नीदले नीदमै
सुटुक्क लगिदिन्छ
केही थाहा नहुने स्थितिमा
सुषुप्त चेतनामा
साथीभाइ सबै परिवारबाट अन्तै
यो समय यो संसार सबैबाट
कहाँ हो कहाँ पर
यहाँसम्म कि
म आफैलाई
कहिले सपनामा भुलाएर
त कहिले
शून्यमा शिथिल पारेर
निद्राकै निष्क्रियतामा ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण