लज्जास्पद हारसँगै बार्सिलोनाको रेकर्ड बराबरी गर्न सकेन रियलले
मड्रिड । रोबर्ट लेवान्डास्कीले तीन मिनेटको अन्तरमा दुई गोल गरेपछि बार्सिलोनाले रियल मड्रिडलाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । शनिबार राति भएको एल क्लासिकोमा ४–० को जित निकाल्दै बार्साले ला लिगाको अङ्क तालिकामा ६ अङ्कको अग्रता बनाउन सफल भएको हो ।
रियल बार्सिलोनाले बनाएको ४३ खेलको अपराजित यात्रा बराबरी गर्ने ध्येयको साथ मैदानमा उत्रेको थियो । बार्साले सन् २०१७ को अप्रिल र सन् २०१८ को २०१८ को बिचमा यो रेकर्ड बनाएको थियो ।
तर, दोस्रो हाफमा शानदार प्रदर्शन गर्दै बार्सिलोनाले रियलको सपना चकनाचुर बनायो । ‘खेल हरेपछि यो निकै कठिन समय हो, अझ जब तपाईँ यति धेरै खेलमा अपराजित रहनुभएको थियो,’ खेलपछि रियलका म्यानेजर कार्लो एन्चेलोटीले भने ।
पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएपछि लेवान्डोस्कीले ५४ औँ मिनेटमा बार्सालाई खेलमा अग्रता दिलाएका थिए । तीन मिनेटपछि अलेहान्द्रो बाल्डेको क्रसमा गोल गर्दै पोल्याण्डका स्ट्राइकरले घरेलु टोलीलाई स्तब्ध बनाए ।
लेवान्डोस्कीले आफ्नो ह्याट्रिक पुरा गर्ने दुईवटा अवसर पाएका थिए तर उनको पहिलो प्रहार पोस्टमा लागेको थियो भने अर्को उनले लक्ष्यमा प्रहार गर्न सकेनन् ।
स्पेनिस युवा खेलाडी १७ वर्षीय लामिन यामालले बार्साको तेस्रो गोल गरे । उनी एल क्लासिकोमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी पनि बने । खेलको अन्त्यतिर राफिन्हाले टोलीका लागि चौथो गोल थपे ।
यता, किलयान एम्बाप्पेले भने पहिलो एल क्लासिकोमा नमिठो हार बेहोर्नुपरेको छ । फ्रान्सका स्ट्राइकरले गरेका दुईवटा गोल अफसाइड करार गर्दै रद्द गरिएको थियो भने बार्साका गोलकिपर इनाकी पेनाले उनको प्रहार बचाऊ गरेका थिए ।
गत सिजन बार्सिलोना ला लिगामा रियलभन्दा १० अंकले पछि परेको थियो । नयाँ म्यानेजर ह्यान्सी फ्लीकको नेतृत्वमा यो सिजन भने बार्साले १० खेलमा जित र एकमा मात्र हारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण