राजेन्द्र पाण्डेको प्रश्न : भ्रष्टाचार नियन्त्रणमा राज्य संयन्त्र फेल भएको हो ?
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले छिटोभन्दा छिटो भ्रष्टाचार र अख्तियारसँग जोडिएका ऐन पास गरेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।
सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा राज्य व्यवस्था समितिमा भएको छलफलमा सांसद पाण्डेले देशमा उठेका ठुला ठुला भ्रष्टाचार काण्डको छानबिन अख्तियार, सम्पत्ति शुद्धीकरण कसैले नगर्ने हो भने कसले गर्ने ? भन्ने गम्भीर प्रश्न उठेको भन्दै भ्रष्टाचार निवारणसम्बन्धी ऐन कानुन बनाउँदा त्यसबारे ध्यान दिनुपर्ने बताए ।
उनले अख्तियार भ्रष्टाचार सम्बन्धी कानुन बनाउँदा अख्तियारको समेत राय सुझावका आधारमा बनाउँदा राम्रो हुने धारणा राखे । ‘हामीले पास गरेको कुरा अख्तियारले कार्यान्वयन गर्न सकिँदैन भन्यो भने हामीले छलफल गरेको कुरा काम लाग्दैन’, पाण्डेले भने, ‘त्यसैले अख्तियार र भ्रष्टाचार दुवैलाई जोडेर छलफल गरियो भने उपलब्धिमूलक हुनसक्छ ।’
उनले घुस लिने र दिने दुवै दोषी हुन् भन्ने कुरा सुनिँदै आएको भन्दै केही समयअघि एक जना सांसदले नो अव्जेक्सन लेटर बनाउँदा पाँचहजार दिनुपरेको घटनालाई सामान्य रूपमा लिन नहुने बताए । ‘भ्रष्टाचार कन्ट्रोल भएन । यो नहुनुमा हामी सबै र राज्य संयन्त्र पनि फेलियर भएको हो ?’, पाण्डेको प्रश्न छ ।
उनले ठुला–ठुला भ्रष्टाचारका काण्ड बेला बेला उठिरहन्छन् तर अख्तियारले छानबिन नगर्ने, सतर्कता केन्द्र र सम्पत्ति शुद्धीकरणले नसक्ने हो भने कसले गर्ने हो भन्दै यसबारे गम्भीर भएर छलफल गर्न जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण