‘मिस्टर वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्दै सन्तोष पुगे भियतनाम
काठमाडौँ । ‘मिस्टर नेपाल २०२४’को विजेता सन्तोष लोक्सम लिम्बु भियतनाम पुगेका छन् । ‘मिस्टर वर्ल्ड २०२४’मा नेपालको प्रतिनिधित्व गर्दै उनी त्यहाँ पुगेका हुन् ।
भियतनामको बिन्ह थुएनको नोभावर्ल्ड फान थियटरमा २३ नोभेम्बरमा ‘मिस्टर वर्ल्ड २०२४’को फाइनल प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको यो ११औँ संस्करण हो । जसमा नेपालसहित ७२ राष्ट्रका प्रतिनिधि उपाधिका लागि भिड्नेछन् । नेपालको सहभागिता भने यो पाचौँ हो ।
भियतनाम उड्नु अगाडि सन्तोषलाई जितको शुभकामना दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिस्टर नेपाल आयोजक संस्था एक्सपोज नेपालकी सिइयो अर्चना थापा, सदस्य मोहन बस्नेत लगायत पुगेका थिए ।
उड्नु अगाडि सञ्चारकर्मीसँग कुराकानी गर्दै सन्तोषले ‘मिस्टर वर्ल्ड २०२४’ मा नेपालको प्रतिनिधित्व गर्न पाउँदा गर्व महसुस भएको बताए । ‘म देश चिनाउने उद्देश्यका साथ प्रतियोगितामा जान लागेको हो’, सन्तोषले भने ‘धेरैको सपना बोकेर प्रतियोगितामा जाँदै छु । देशको सुन्दरता प्रस्फुटन गर्नेछु ।’ उनले शीर्ष उपाधि नेपाल ल्याउन भरसक कोसिस गर्ने बताएका थिए ।
नेपालमा ‘मिस्टर नेपाल २०२४’ गत भदौमा आयोजना भएको थियो । जसमा सन्तोषले शीर्ष उपाधि हासिल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण