ट्रम्पबारे तालिबानले के भन्यो ?
काबुल । अफगानिस्तानको तालिबान सरकारले पनि अमेरिकामा डोनाल्ड ट्रम्पको चुनाव जितेकोमा प्रतिक्रिया दिएको छ । अफगानिस्तानको तालिबान सरकारको विदेश मन्त्रालयले सन्तुलित परराष्ट्र नीतिको आशा राख्दै आगामी अमेरिकी सरकारले दुई देशबिचको द्विपक्षीय सम्बन्धमा ठोस प्रगति सुनिश्चित गर्ने विश्वास व्यक्त गरेको छ ।
तालिबान सरकारको विदेश मन्त्रालयले भन्यो, ‘नयाँ अमेरिकी सरकारले अफगानिस्तानप्रति व्यवहारिक दृष्टिकोण अपनाउनेछ, जसले दुई देशबिचको सम्बन्धको नयाँ चरण सुरुवात गर्नेछ ।’
तालिवानको विदेश मन्त्रालयले विश्वभर चलिरहेको द्वन्द्व, विशेष गरी गाजा र लेबनानमा जारी तनाव अन्त्य गर्न ट्रम्पले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने आशा पनि व्यक्त गरेको छ ।
सन् २०१६ मा ट्रम्प पहिलो पटक राष्ट्रपति बनेपछि आफ्नो कार्यकालमा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण