लागु औषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ
बिहीबार, २२ कात्तिक २०८१, १७ : ००
काठमाडौँ । लागु औषधसहित देशका विभिन्न स्थानबाट ८ जना पक्राउ परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- रूपन्देही, देवदह नगरपालिका-९ घोडाहाबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम र नगद २६ हजार १ सय रूपैयाँ सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय लाल बहादुर पुन, २७ वर्षीय आशिष परियार र तिलोत्तमा नगरपालिका-२ बस्ने २८ वर्षीय आदित्य शाह रहेका छन् । पुनको घरमा लागु औषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त पदार्थ र नगद फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।
- सुनसरी, इटहरी उपमहानगरपालिका-२ हवाई चोकबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम र गाँजा ५ ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-५ बस्ने २६ वर्षीय आशिष नेपाल र २५ वर्षीय लाल बहादुर राई रहेका छन् । सामुदायिक प्रहरी बिट हवाईचौकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागु औषध सहित पक्राउ गरेको हो ।
- बर्दिया, बढैयाताल गाउँपालिका-८ जुम्लिटोल बस्ने २९ वर्षीय किशोर कुमार विकलाई अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्राम सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी शितलाबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
- कैलाली, धनगढी उपमहानगरपालिका-७ जोकरताल बस्ने २५ वर्षीय शिव नारायण रानालाई अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
- झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलस्थित सडकबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ११ मिलिग्राम सहित भद्रपुर नगरपालिका-९ बस्ने २८ वर्षीय एसिया लिम्बुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मेची प्रहरी बिटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०१-०१४ प ९२६६ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक लिम्बुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण