सुवर्ण शमशेरबाट नयाँ पुस्ताले त्यागको राजनीतिप्रति अभिप्रेरित हुनुपर्छ : मन्त्री पाण्डे
ललितपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सुवर्णशमशेरको इतिहासबाट वर्तमान पुस्तालाई त्यागको राजनीतिप्रति अभिप्रेरित गर्नुपर्ने बताएका छन् ।
सुवर्ण स्मृति परिषदद्वारा आइतबार यहाँ आयोजित सूवर्णशमशेर राणाको ४७औँ स्मृति दिवसका अवसरमा प्रजातन्त्र सेनानीहरुलाई सम्मान कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले पार्टीका संस्थापक नेताहरुमा ठूलो हार्दिकता रहेको बताए ।
'उहाँहरूले पदका लागि दाबी गरेर झगडा गरेको पाइएन, एकले अर्काप्रति सम्मान गरेको पाइन्छ, पछिल्लो पुस्तालाई हामीले यो इतिहास बुझाउनु छ, यसले हाम्रो गरिमालाई उँचो बनाउँछ, वर्तमान पुस्तालाई त्यागको राजनीतिप्रति अभिप्रेरित गर्नुपर्नेछ,' उनले भने ।
उनले नेताहरुको निष्ठा, त्याग र सङ्घर्षका माध्यमबाट प्राप्त सफलतालाई भुलेर केही गल्ती कमजोरीका आधारमा सबैलाई आलोचना गरी नकारात्मकतालाई प्रश्रय दिनु नहुनेमा जोड दिए ।
मन्त्री पाण्डेले विसं २०८४ सम्म यही गठबन्धन लिएर जानुपर्ने बताउँदै पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले सेवाका आधारमा जनताको मन जित्नुपर्ने बताए ।
मन्त्री पाण्डेले तीनजना प्रजातन्त्र सेनानीहरुलाई सुवर्ण स्मृति सम्मान प्रदान गरेका थिए । उनले ओखलढुङ्गाका महेशकुमार कोर्माेचा, चितवनका सुनदेवी जोशी र सप्तरीका रामनारायण देवलाई सुवर्ण स्मृति सम्मान प्रदान गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण