निजी क्षेत्रमा अख्तियार प्रवेश गराउनु हुन्न : प्रमुख सचेतक घिमिरे
काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कुनै पनि हालतमा निजी क्षेत्रमा प्रवेश गराउन नहुने बताएका छन् । सोमबार राज्य व्यवस्था समिति बैठकमा बोल्दै घिमिरेले निजी क्षेत्र भित्र अख्तियार प्रवेश कति जायज ? भन्दै प्रश्न गरे ।
सरकारी क्षेत्रमा राम्रोसँग काम गर्न नसकिरहेको अख्तियारलाई प्रवेश गराउँदा निजी क्षेत्र हुँडलिने घिमिरेको तर्क छ । उनले भने, ‘निजी क्षेत्रभित्र अख्तियार प्रवेश कति जायज ? सरकारी क्षेत्रमा राम्ररी काम गरेको छैन ।निजी क्षेत्र हुँडल्ने र कमजोर बनाउने र बार्गेनिङ गर्ने कडी बन्छ । सार्वजनिक संस्था भनेर अख्तियारलाई असीमित अधिकर दिनु हुँदैन ।’
उनले नेपाल सरकारको फण्डिङ भएकोमा मात्र अख्तियार जानु उपयुक्त हुने उनले बताए । घिमिरेले अख्तियार विधेयक पास गर्न ढिला भएको बताउँदै यसले राम्रो सन्देश नदिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण