निजी क्षेत्रमा अख्तियार प्रवेश गराउनु हुन्न : प्रमुख सचेतक घिमिरे

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कुनै पनि हालतमा निजी क्षेत्रमा प्रवेश गराउन नहुने बताएका छन् । सोमबार राज्य व्यवस्था समिति बैठकमा बोल्दै घिमिरेले निजी क्षेत्र भित्र अख्तियार प्रवेश कति जायज ? भन्दै प्रश्न गरे ।
सरकारी क्षेत्रमा राम्रोसँग काम गर्न नसकिरहेको अख्तियारलाई प्रवेश गराउँदा निजी क्षेत्र हुँडलिने घिमिरेको तर्क छ । उनले भने, ‘निजी क्षेत्रभित्र अख्तियार प्रवेश कति जायज ? सरकारी क्षेत्रमा राम्ररी काम गरेको छैन ।निजी क्षेत्र हुँडल्ने र कमजोर बनाउने र बार्गेनिङ गर्ने कडी बन्छ । सार्वजनिक संस्था भनेर अख्तियारलाई असीमित अधिकर दिनु हुँदैन ।’
उनले नेपाल सरकारको फण्डिङ भएकोमा मात्र अख्तियार जानु उपयुक्त हुने उनले बताए । घिमिरेले अख्तियार विधेयक पास गर्न ढिला भएको बताउँदै यसले राम्रो सन्देश नदिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश मामिला समितिद्वारा जाजरकोट भूकम्प पुनर्निर्माण सम्बन्धी सरकारलाई १० बुँदे निर्देशन र सुझाव
-
कोशी राजमार्गको भोटखोला खण्डमा बाढीले जलविद्युत् आयोजना र सडक बगायो
-
आईपीएलमा प्रतिबन्ध, हराएका क्लब र अभागी टोलहरुको कथा
-
बजेटमा कर थपिएकोमा सुनचाँदी व्यवसायीको आपत्ति
-
प्रधानमन्त्रीद्वारा मधेश प्रदेशका ६४ सडकको एकसाथ शिलान्यास
-
दीपशिखाको आग्रह- नारायणहिटीका भूतलाई लखेट्न एकजुट हौँ