अख्तियार पूर्व कर्मचारीको क्लब बन्यो : अमरेशकुमार सिंह
सोमबार, २६ कात्तिक २०८१, १४ : ०६

काठमाडौँ । सांसद अमरेशकुमार सिंहले अख्तियार पूर्व कर्मचारीको क्लब बनेको आरोप लगाएका छन् । उनले अख्तियार पूर्व कर्मचारीको क्लब बनेको र त्यो रहेसम्म पार नलाग्ने बताए । सोमबार राज्यव्यवस्था समिति बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
सिंहले प्रम कार्यालयको पैसा उठाउने ठाउँ सम्पत्ति शुद्धीकरण विभाग, राजस्व अनुसन्धान कार्यालय बनेको समेत बताए उनले भने, ‘प्रम कार्यालय भ्रष्टाचारको मूल जड बनेको छ । अख्तियार आफैँ भ्रष्टाचारको अखडा बनेको छ ।’
उनले भ्रष्टाचार गरेको विषय ढाकछोप गर्न कर्मचारीहरूको अख्तियारमा सरुवा हुने गरेको समेत आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल र इरानमा रहेका नेपालीहरूको लागि ट्राभल एडभाईजरी जारी
-
सुनचाँदी व्यवसायी महासंघ र सुनचाँदी रत्न तथा आभूषण महासंघले सार्वजनिक गरेको घोषणापत्रमा के छ ?
-
बालुवाटारमा सत्तारुढ दलहरूबिच चार घण्टा छलफल, यी तीन विषयमा छलफल
-
तीन दशक सेवा गरेर आयल निगमबाट बिदा भए गोइत
-
इजरायलस्थित नेपालीको अवस्था बुझ्न एनआरएनएको अन्तरक्रिया
-
लागुऔषधसहित पर्साबाट चार जना पक्राउ