नेपाल आउँदै सुनिल ग्रोवर
काठमाडौँ । बलिउडका चर्चित कमेडियन तथा अभिनेता सुनिल ग्रोवर नेपाल आउने भएका छन् । २९ नोभेम्बरमा होटल एभरेस्टको मैदानमा हुने कमेडी कार्यक्रम ‘सुनिल ग्रोवर लाइभ इन नेपाल’ कार्यक्रमका लागि उनी नेपाल आउने भएका हुन् ।
ग्रोवरले आफू नेपालमा कार्यक्रम गर्न लागेको सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् । उनले स्टेजमा आफ्नो कमेडी प्रत्यक्ष हेर्न र हास्न समेत तयार रहन अनुरोध गरेका छन् ।
कार्यक्रमका लागि आफू उत्साहित रहेको उनले जनाएका छन् । ‘सुनिल ग्रोवर लाइभ इन नेपाल’ लिक्वीट इन्टिलिजेन्सले आयोजना गर्न लागेको हो ।
ग्रोवर कमेडी शो ‘द कपील शर्मा शो’ मार्फत चर्चामा आएका कलाकार हुन् । उनले शोमा ‘रिन्कु भाबी’ र ‘डा. महसुर गुलाटी’को रूपमा दर्शकको मन जितेका थिए ।
ग्रोवर यसअघि वि.सं २०७४ मा पनि नेपाल आएका थिए । एक कार्यक्रमको सिलसिलामा नेपाल आएका उनले पशुपतिनाथ मन्दिरको दर्शन समेत गरेका थिए । जसको जानकारी पशुपतिमा एक बाबासँग उभिएको तस्बिर आफ्नो आधिकारिक इन्स्टाग्राम मार्फत सार्वजनिक गर्दै जानकारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मिथ चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण