राजन भट्टराईको संयोजकत्वमा ११ सदस्यीय जागरण सभा संयोजन समिति गठन
काठमाडौँ । नेकपा एमालेले मंसिर ७ गते काठमाडौँमा आयोजना गर्ने जागर सभा भव्य र व्यवस्थित गर्न एमाले नेता डा.राजन भट्टराईको संयोजकत्वमा ११ सदस्यीय संयोजन समिति गठन गरेको छ । एमालेले मंसिर ७ गते काठमाडौँ उपत्यकाका तीन जिल्लाको संयुक्त आयोजनामा जागरण सभा गर्दैछ ।
सभाको तयारीका लागि बुधबार एमाले महासचिव शंकर पोखरेलको उपस्थितिमा उपत्यका मातहत कमिटी, जनसंगठन र विभागीय प्रमुखको संयुक्त बैठकले नेकपा एमाले बागमती प्रदेशका इन्चार्ज भट्टराईको संयोजकत्वमा संयोजन समिति गठन गरेको हो । समितिको सहसंयोजकमा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेल रहेका छन् भने सदस्यहरुमा टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, वचन देउजा, पुरुषोत्तम आचार्य, क्षितिज थेवे, समिक बडाल र जनक चौधरी रहेका छन् ।
जागरण सभा संयोजन समितिको बुधबारै बसेको पहिलो बैठकले सभालाई प्रभावकारी बनाउन जनपरिचालन, जनसभा र जनप्रदर्शन समेतको व्यवस्था मिलाएको संयोजक भट्टराईले जानकारी दिए ।
‘मुलुकमा बढ्दो अराजकता, अस्थिरताका विरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राजका पक्षमा जनमत निर्माण गर्ने उद्देश्यका साथ गर्न लागिएको जागरण सभाले पार्टीको दृष्टिकोण, धारणा आम जनतामा पुर्याउने लक्ष्य लिएको छ’, संयोजक भट्टराईले बैठकपछि जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण