रविलाई भेट्न नपाएपछि कास्की प्रहरीविरुद्द मानवअधिकार आयोगमा उजुरी
पोखरा । कास्की प्रहरी हिरासतमा रहेका रवि लामिछानेलाई भेट्न नपाएपछि कास्की प्रहरी विरुद्ध मानवअधिकार आयोगमा उजुरी दिइएको छ । रास्वपा नेता समेत रहेका उत्तमप्रसाद पौडेलले पोखराको मानवअधिकार आयोगमा उजुरी दिएका हुन् । कात्तिक ३ गतेदेखि लामिछाने कास्की प्रहरी हिरासतमा छन् ।
‘प्रहरीले हिरासतमा रहेकालाई भेट्न बिहान ७ देखि ९ र अपराह्न ३ देखि ५ बजेसम्मको समय छुट्टाएको छ। सो समयमा म सभापति लामिछानेलाई भेट्न गएको थिएँ,’ उनले उजुरीमा लेखेका छन्, ‘तर, प्रक्रिया पूरा गरिसकेपछि ड्युटीमा रहेका प्रहरीले माथिको आदेश भन्दै भेट्न नदिएकोले के कति कारणले अवरोध गरिएको हो भन्नेबारे प्रश्न गर्दा जवाफ पनि नपाएकाले त्यसबारे आयोगको ध्यानाकर्षण गराउँदछु ।’
उनले कास्की प्रहरी प्रमुख सहित केही प्रहरी अधिकारीलाई सचेत गराइदिन माग गरेका छन् । ‘प्रहरी उपरीक्षक श्याम ओलीया, प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्मा, प्रहरी निरीक्षक अविनाश जिसीलाई सचेत गराइदिनुहुन अनुरोध गर्दछु,’ उनले भने ।
पौडेलले निर्दोष व्यक्तिलाई फसाउन लागिएको भन्दै आयोगको ध्यानाकर्षण गराए । ‘कानुन बमोजिम अनुसन्धान वा अभियोजन गर्ने जिम्मेवारी भएको अधिकारीले निर्दोष व्यक्तिलाई फसाउने वा वास्तविक कसूरदारलाई जोगाउने मनसायले बदनियतपूर्वक अनुसन्धान गर्न वा अभियोग लगाउन नहुने व्यवस्था भए पनि सभापति लामिछानेको हकमा राज्यले नै गलत मनसायले अनुसन्धान गरिरहेको र अभियोजन पनि सोहीअनुसार निर्देशित हुने देखिएकाले यस तर्फसमेत आयोगको ध्यानाकर्षण गराउँछु,’ पौडेलको पत्रमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मिथ चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण