हसिनालाई फिर्ता पठाउन बंगलादेशले भारतलाई आग्रह गर्ने
सोमबार, ०३ मङ्सिर २०८१, ०७ : ३६
ढाका । बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले आफ्नो कार्यकालको १०० दिन पूरा भएकोमा राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सम्बोधनमा युनुसले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई बंगलादेश पठाउन भारतसँग माग गर्ने बताएका हुन् ।
आरक्षणलाई लिएर आफ्नो सरकारको विरोध भएपछि शेख हसिना बंगलादेशबाट भागेर भारत आएकी थिइन् । त्यसपछि युनुसले अगस्त ८ देखि बंगलादेशको अन्तरिम सरकारको नेतृत्व गरिरहेका छन्।
हालै बंगलादेशको विदेश मन्त्रालयका प्रवक्ता तौफिक हसनले शेख हसिनाले प्रायः राजनीतिक बयान दिने गरेको आरोप लगाएका थिए । हसनले बंगलादेशले भारतमा बस्दै आएकी शेख हसिनाले राजनीतिक बयान गर्ने पक्षमा नभएको भारतीय उच्चायुक्त र भारत सरकारलाई जानकारी गराएको पनि बताएका थिए ।
शेख हसिना भारतमा बसेको सय दिनभन्दा बढी भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण