खेल
एनपीएलको खेलतालिका सार्वजनिक
सोमबार, ०३ मङ्सिर २०८१, २० : ३५
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को खेलतालिका सार्वजनिक भएको छ । सोमबार नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएलको खेलतालिका सार्वजनिक गरेको हो ।
सार्वजनिक तालिकाअनुसार पहिलो खेल मंसिर १५ गते जनकपुर बोल्टस र विराटनगर किङ्सबिच हुनेछ । प्रतियोगिताको लिग चरणमा एक टिमले सात खेल खेल्ने छ ।
मंसिर १६ गते कुनै खेल राखिएको छैन । मंसिर १७ गतेदेखि दैनिक २ खेल हुनेछ । यस्तै पुस ३ गतेदेखि प्लेअफका खेल हुनेछ भने फाइनल खेल पुस ६ गते हुनेछ । एनपीएलमा ८ फेन्चाइच टोली सहभागी छन् ।
क्यानका अनुसार सबै खेल त्रिवि क्रिकेट मैदानमा हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण