महालक्ष्मी विकास बैंकको कार्यालय भवन निर्माण हुँदै
शुक्रबार, ०७ मङ्सिर २०८१, १३ : ४२

काठमाडौँ । महालक्ष्मी विकास बैंकले काठमाडौँको ज्ञानेश्वरमा आफ्नो कार्यालय भवन निर्माण गर्ने भएको छ । त्यसका लागि बैंकले भूमि पूजा कार्यक्रम सम्पन्न गरेको छ । सो भवन आगामी ९ महिना भित्र निर्माण सम्पन गर्ने लक्ष्य लिइएको बैंकले जनाएको छ ।
नेपाली बैंकिङ क्षेत्र डिजिटल युगतर्फ अग्रसर भइइरहेको सन्दर्भमा उक्त कार्यालय डिजिटल हबका रूपमा संचालनमा ल्याइने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उक्त कार्यक्रममा बैंकका संचालक समितिका अध्यक्ष राजेश उपाध्यायबाट भूमि पूजन कार्यक्रम सम्पन्न भएको थियो भने बैंकका संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत लगायतका उच्च व्यवस्थापन समितिका पदाधिकारीहरु र बैंक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिमानसिंह विष्टलाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
रवीन्द्र मिश्रलाई सर्वोच्चमा हाजिर गराइयाे, शुक्रबार पेसी
-
कर्णालीका मुख्यमन्त्री भन्छन्- बिमा कम्पनी सहर केन्द्रित भए,गाउँ बस्तीमा विस्तार गर्नुहोस्
-
चलचित्र विकास बोर्डको सदस्यमा भट्ट नियुक्त
-
तीनकुने घटना : आपराधिक उपद्रवमा संलग्नलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
-
सांसद पत्नी अन्जला जोडिएको मुद्दामा सक्कल मिसिल झिकाउने आदेश