महालक्ष्मी विकास बैंकले देशभरका ७७ स्थानमा घरजग्गा लिलामी गर्दै
सोमबार, १० मङ्सिर २०८१, १० : ०२
काठमाडौं । महालक्ष्मी विकास बैंकले देशभरका ७७ स्थानमा रहेका घरजग्गा लिलाम गर्ने भएको छ । बैंकले देशका सातवटै प्रदेशमा रहेका गैरबैंकिङ सम्पत्तिहरु लिलाम बढाबढमार्फत् बोलकबोल गर्न लागेको हो ।
यसरी लिलामी हुन लागेका सम्पत्तिहरुमा कोशीमा १९, मधेशमा २, बाग्मतीमा ७, गण्डकीमा ४, लुम्बिनीमा ३, कर्णालीमा ७ र सुदूरपश्चिममा ३४ स्थानमा रहेका घर तथा जग्गा रहेका छन् ।
विभिन्न समयमा ऋण लिएर समयमा ऋण नतिरी कालोसूचीमा परेका सम्पत्तिहरु बैंकले आफ्नो नाममा सकारेर राखेको थियो । उक्त सम्पत्तिहरु लिलामीका लागि बैंकले यसअघि नै १५ दिने सूचना प्रकाशित गरेको थियो ।
सो सम्पत्तिका लागि मंगलबारसम्म बोलबकोलमा सहभागी हुन सकिनेछ । यसमा सहभागी भएकाहरुको बोलपत्र बुधबार खोलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण