च्याम्पियन्स लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, रियाल मड्रिड स्तब्ध
बिहीबार, १३ मङ्सिर २०८१, ०३ : ५६
काठमाडौं । इंग्लिश क्लब लिभरपुल च्याम्पियन्स लिगको शीर्ष स्थानमा उक्लिएको छ । लिग चरण अन्तर्गत बुधबार राती भएको पाँचौ खेलमा लिभरपुल स्पेनको रियाल मड्रिडलाई हराउँदै शीर्ष स्थानमा उक्लिएको हो ।
घरेलु मैदानको फाइदा उठाउँदै लिभरपुलले रियालविरुद्ध २–० को सहज जित निकाल्यो । उसलाई जिताउन एलेक्सिस म्याक एलिस्टर र कोडे गाक्पोले एक-एक गोल गरे । तर, मोहम्मद सालाहले हानेको पेनाल्टी भने क्रस हुन सकेन । उता, रियालका केलेयन एम्बाप्पेले प्रहार गरेको पेनाल्टी पनि खेर गएको थियो ।
हालसम्म अपराजित लिभरपुल १५ अंकका साथ शीर्ष स्थानमा छ भने दोस्रो स्थानको इन्टर मिलानको १३ अंक छ । तेस्रो स्थानमा रहेको बार्सिलोनाको १२ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण