सुनको भन्सार घटाएपछि तीन महासंघको संयुक्त विज्ञप्ति, के छ प्रतिक्रिया ?
काठमाडौँ । सरकारले सुन र चाँदीमा लाग्दै आएको भन्सार दर घटाएकोमा निजी क्षेत्रका तीन संस्थाले स्वागत गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ र नेपाल हस्तकला महासंघले संयुक्त रूपमा विज्ञप्तीमार्फत् सरकारलाई धन्यवाद दिएका हुन् ।
सरकारले आइतबार नेपाल राजपत्रमा सुचना प्रकाशित गर्दै आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सुनको आयातमा लगाउँदै आएको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा तथा चाँदीको भन्सार दर १५ प्रतिशतबाट घटाएर १० प्रतिशत झारेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइली, नेपाल सुनचाँदी रत्न तथा आभूषण संघका अध्यक्ष किसान सुनार र नेपाल हस्तकला महासंघका कार्यवाहक अध्यक्ष सनम शाक्यले जारी गरेको संयुक्त विज्ञप्तिमा सोही माग राख्दै महासङ्घहरूद्वारा शान्तिपूर्ण विरोधका कार्यक्रमसहित नेपाल सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको स्मरण समेत गरेको छ ।
सरकारको यो कदमले निर्यात प्रवर्द्धन, रोजगारी विस्तार, राजश्व अभिवृद्धि आदिमा महत्त्वपूर्ण योगदान लगायत नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण