१५ स्थानमा उम्मेदवारी दिएको एकीकृत समाजवादीको कहाँ कति मत आयो ?
काठमाडौँ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले एउटा वडाध्यक्ष पदमा जित हासिल गरेको छ । सो पार्टीबाट गढीमाई गाउँपालिकाको उम्मेदवार रहेका बजरंगी प्रसाद यादव ६५५ मतसहित विजयी भएका हुन् ।
यसबाहेकका वडा तथा स्थानीय तहका विभिन्न पदमा सो पार्टीको सहभागिता मात्रै बनेको छ । अर्थात् अन्य स्थानमा एकीकृत समाजवादीले जित हासिल गर्न नसकेको हो ।
निर्वाचन आयोगका अनुसार सो पार्टीबाट जम्मा १५ स्थानमा उम्मेदवारी परेको थियो । जसअनुसार स्वामिकार्तिक गाउँपालिकामा जवा शाहीले ५५३ मत, ईशनाथ नगरपालिका ७ मा सदरे आलमले ४९२ मत, त्रियुगा नगरपालिका १२ मा निर्मला चौधरीले ३९२ मत, भीमदत्त नगरपालिका ६ मा जितेन्द्र बहादुर चन्दले २२५ मत, हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ मा बलराम बलले ७३ मत, कीर्तिपुर नगरपालिकामा भानु रिजालले ३९ मत (मतगणना जारी), कीर्तिपुर ४ मा रिता खड्का केसीले ३१ मत, ककनी गाउँपालिका २ मा मान बहादुर लामाले २३ मत, शुद्धोदन गाउँपालिका १ मा सुब्बा थारुले १५ मत, महाबु गाउँपालिकामा गजत बहादुर हमालले ४ मत, लालीगुराँस गाउँपालिका ७ मा प्रेम बहादुर खड्काले २ मत पाएका छन् ।
यस्तै गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा रविना खड्काको उम्मेदवारी रहेको छ भने त्यहाँ मतगणना जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गली हात्ती बस्तीमा पसेपछि स्थानीय त्रसित
-
नेकपा एकीकृत समाजवादी लुम्बिनीको अधिवेशन फागुन २१ गते हुने
-
१० बजे १० समाचार : कविता बहसदेखि महिला विश्वकपमा नेपालको डेब्यूसम्म
-
६ महिनामा ३ लाख ९३ हजारले लिए श्रम स्वीकृति
-
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री थापामाथि हातपात
-
ट्रकको ठक्करबाट मृत्यु भएका मोटरसाइकल चालकको शव उठाउने सहमति