१५ स्थानमा उम्मेदवारी दिएको एकीकृत समाजवादीको कहाँ कति मत आयो ?
काठमाडौँ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले एउटा वडाध्यक्ष पदमा जित हासिल गरेको छ । सो पार्टीबाट गढीमाई गाउँपालिकाको उम्मेदवार रहेका बजरंगी प्रसाद यादव ६५५ मतसहित विजयी भएका हुन् ।
यसबाहेकका वडा तथा स्थानीय तहका विभिन्न पदमा सो पार्टीको सहभागिता मात्रै बनेको छ । अर्थात् अन्य स्थानमा एकीकृत समाजवादीले जित हासिल गर्न नसकेको हो ।
निर्वाचन आयोगका अनुसार सो पार्टीबाट जम्मा १५ स्थानमा उम्मेदवारी परेको थियो । जसअनुसार स्वामिकार्तिक गाउँपालिकामा जवा शाहीले ५५३ मत, ईशनाथ नगरपालिका ७ मा सदरे आलमले ४९२ मत, त्रियुगा नगरपालिका १२ मा निर्मला चौधरीले ३९२ मत, भीमदत्त नगरपालिका ६ मा जितेन्द्र बहादुर चन्दले २२५ मत, हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ मा बलराम बलले ७३ मत, कीर्तिपुर नगरपालिकामा भानु रिजालले ३९ मत (मतगणना जारी), कीर्तिपुर ४ मा रिता खड्का केसीले ३१ मत, ककनी गाउँपालिका २ मा मान बहादुर लामाले २३ मत, शुद्धोदन गाउँपालिका १ मा सुब्बा थारुले १५ मत, महाबु गाउँपालिकामा गजत बहादुर हमालले ४ मत, लालीगुराँस गाउँपालिका ७ मा प्रेम बहादुर खड्काले २ मत पाएका छन् ।
यस्तै गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा रविना खड्काको उम्मेदवारी रहेको छ भने त्यहाँ मतगणना जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण