महालक्ष्मी विकास बैंकद्धारा डिजिटल भुक्तानी केन्द्रको उद्घाटन
काठमाडौँ । महालक्ष्मी विकास बैंकले आज आयोजित एक कार्यक्रमका बीच शाखा कार्यालय दरबारमार्गमा डिजिटल भुक्तानी केन्द्रको उद्घाटन गरेको छ ।
ग्राहकहलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा प्रवाह गर्ने बैंकको निति बमोजिम डिजिटल भुक्तानी केन्द्र मार्फत विभिन्न अनलाइन भुक्तानी सम्बन्धी सेवाहरु प्रवाह गरिने बैंकले जनाएको छ । यस अन्तर्गत सुरक्षित र आधिकारिक इलेक्ट्रोनिक भुक्तानी प्लेटफर्महरुको प्रयोग गरी बैंकले सहज, सरल र झन्झटरहित तरिकाले भिसा शुल्क तथा विदेशमा अध्ययन गर्न चाहाने विधार्थीहरुको आवेदन तथा अध्ययन शुल्क, पि.टि.ई, स्याट, यु. एस.एम.एल.ई, जि.आर.ई, ए.सी.सी.ए जस्ता कोर्सहरुको शुल्क तथा सेभिज शुल्कको भुक्तानी गरिदिने जनाइएको छ । यस किसिमको सेवाको शुभारम्भ सँगै ग्राहकहरुको नविनत्तम भुक्तानीका माध्यमहरुको प्रयोग गरी शुल्क भुक्तानी गर्ने चाहानाको सम्बोधन हुने विश्वास बैंकले लिएको छ ।
यस अघि पनि यस बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच नेपाल र भारत बिच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो । डिजिटल भुक्तानीका माध्यमहरुको नविनतम प्रयोग प्रति बैंक सँधै प्रतिबद्ध रहेको र नेपालभर रहेको शाखा सञ्जाल तथा मर्चेन्ट नेटर्वकको माध्यमबाट अन्तरदेशीय क्युआर भुक्तानीमा समेत अग्रणी सेवा प्रदायकको रुपमा स्थापित हुने विश्वास बैंकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण