४ लाख ५० हजार पार्टी सदस्य बनाउने झलनाथको प्रस्ताव
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी एक वर्षमा ४ लाख ५० हजार पार्टी सदस्य बनाउन सकिने बताएका छन् ।
जारी स्थायी कमिटी बैठकमा ‘दशौँ राष्ट्रिय महाअधिवेशन र तत्कालिक कार्ययोजना’बारे प्रस्ताव पेस गर्दै खनालले पार्टीका प्रत्येक पार्टी सदस्यले एक वर्ष भित्रमा न्यूनतम दुईजना पार्टी सदस्य बनाउनुपर्ने पनि बताएका छन् ।
‘एक वर्षभित्रमा पार्टीको सदस्यता संख्या दोब्बरभन्दा बढी हुन्छ । हामीले एक वर्ष भित्रमा पार्टी सदस्यहरूको संख्या कम्तीमा ४ लाख ५० हजार पुर्याउन सकिन्छ’, खनालको प्रस्तावमा भनिएको छ ।
उनले यो विकास र विस्तार क्रान्तिकारी विकास र विस्तार हुने भन्दै हर स्तरका पार्टी कमिटीहरूले यो दायित्व बहन गर्ने सङ्कल्प लिएर अघि बढ्नुपर्नेमा जोड दिए ।
‘यस्तो सामूहिक संकल्प लिएर अघि बढ्ने हो भने पार्टीमा चमत्कारिक विकास हुन सक्छ’, खनालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण