शाहरुखले १८ वर्ष पुगेकी छोरी सुहानाको जन्मदिनमा दिए यस्तो भावुक मेसेज
बिहीबार, १० जेठ २०७५, ०८ : ५९
शाहरुख खानकी छोरी सुहाना खान २२ मार्चमा १८ वर्षकी भइन् । शाहरुखले इन्स्टाग्राममा छोरी सुहानाको उडिरहेको फोटो पोष्ट गरेका छन् ।
शाहरुखले छोरीलाई जन्मदिनको शुभकानमा दिँदै लेखेका छन्, ‘हरेक छोरी झैं, मलाई थाहा छ, तिम्रो जन्म उड्नको लागि भएको हो । अब कानूनी रुपमा तिमीले ती सबै कुरा गर्न पाउँछौ जुन तिमीले १६ वर्षदेखि गर्दै आएका छौ, लभ यू...’ । उनको उक्त पोष्टलाई अहिलेसम्म ६ लाखभन्दा बढि लाइक आएको छ ।
शाहरुख आफ्नी छोरीले चाहेको क्षेत्रमा करियर बनाओस् भन्ने इच्छा राख्छन् । सुहानालाई खेल र अभिनय दुबैमा रुची छ । यस्तोमा एक अन्तर्वार्तामा शाहरुखले भनेका थिए, ‘सुहाना यसकारण मात्र अभिनय क्षेत्रमा आउनुहुन्न किनभने उनका आमाबुवाले यस्तो चाहन्छन् । ’ यद्यपी, शाहरुखले सुहानाले राम्रो अभिनय गर्ने गरेको जानकारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण