‘रअ’का पूर्व एजेन्टको दाबी : एक महिनाभित्र ओली सरकार ढल्दैछ
काठमाडौँ । भारतीय गुप्तचर संस्था ‘रअ’का पूर्व एजेन्ट लक्ष्मण सिंह विष्ट (लक्की विष्ट)ले केपी ओली नेतृत्वको वर्तमान सरकार एक महिनाभित्र ढल्ने दाबी गरेका छन् ।
भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सलाई एक अन्तरवार्ता दिँदै उनले १५ दिनदेखि एक महिनाभित्र ओली सरकार ढल्ने दाबी गरेका छन् । यसका लागि एजेन्सीले काम गरिरहेको समेत युट्युबमा प्रकाशित अन्तरवार्तामा उनले दाबी गरेका छन् ।
'तपाईंलाई अचम्म लाग्ला, तपाईंले केही दिनपछि एउटा अर्को समाचार सुन्नुहुन्छ, नेपालको सरकार ढल्नेवाला छ,' उनले अन्तर्वार्तामा दाबी गरेका छन् । तर उनले सरकार ढल्ने ठोस आधार भने दिन सकेका छैनन् ।
‘रअ’मा कार्यरत रहँदा थुप्रै देशमा आफूले काम गरेको बताएका उनले नेपालमा पनि सो क्रममा थुप्रै मिसन सफल गरेको बताएका छन् । तर, काम गर्न नेपाल जति गाह्रो अरू देशमा नभएको उनको भनाइ छ । नेपाल खतरनाक लाख्ने भन्दै उनले अन्तर्वार्ताका क्रममा नेपाल विश्वभरका गुप्चतर एजेन्सीको खेल्ने ठाउँ भएको पनि दाबी गरेका छन् ।
यसअघिका कतिपय अन्तरवार्ताहरुमा उनले नेपालमा नक्कली भारतीय नोट कारोबार बन्द गराउन तथा ठुलो गिरोहलाई समात्न समेत आफूले काम गरेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण