भिल्लासँगको हारपछि थप संकटमा सिटी
भिल्ला पार्क । एस्टन भिल्लासँग पराजित भएपछि म्यानचेस्टर सिटीको सङ्कट थप गहिरिएको छ । शनिबार भएको प्रिमियर लिग अन्तर्गतको खेलमा सिटी १–२ गोल अन्तरले पराजित भएको हो ।
खेलको १६ औँ मिनेटमा जोन डुरानले भिल्लालाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ६५ औँ मिनेटमा मोर्गन रोजर्सले टोलीको जित सुनिश्चित गरे । इन्जुरी समयमा फिल फोडेनले सिटीका लागि सान्त्वना गोल गरे ।
पराजयसँगै साबिक विजेता सिटी अङ्क तालिकाको छैटौँ स्थानमा खस्किएको छ । शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा २ खेल बढी खेलेको सिटी ९ अङ्कले पछि परेको छ । १७ खेलबाट सिटीको २७ अङ्क छ । भिल्ला भने २८ अङ्कसहित पाँचौँ स्थानमा छ ।
सिटीले सबै प्रतियोगितामा पछिल्ला १२ खेलमध्ये ९ खेल हारेको छ । टोली घरेलु मैदानबाहिर खेलिएका पछिल्ला ८ खेलमा जितविहीन रहेको छ ।
गत हप्ता म्यानचेस्टर डर्बीमा हार बेहोरेको टोलीमा पेप ग्वार्डिओलाले ६ वटा परिवर्तन गरेका थिए । तर, टोलीको परिणाम भने परिवर्तन हुन सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
-
सबै व्यक्तिमाथि कानुन समान रूपमा लाग्नुपर्छ, विभेदकारी छानबिन मानिँदैन : नेता दाहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण