ब्राजिलमा निजी विमान दुर्घटना : पाइलटसहित उनको परिवारका १० जनाको मृत्यु
ब्रासिलिया । दक्षिणी ब्राजिलको ग्रामाडो सहरमा भएको निजी विमान दुर्घटनामा एकै परिवारका १० जना सदस्यको मृत्यु भएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार विमान उडाइरहेका ब्राजिलियन व्यवसायी लुइज क्लाउडियो गालेज्जीसहित उनकी पत्नी, तीन छोरी र परिवारका अन्य सदस्यको मृत्यु भएको हो ।
दुर्घटना हुँदा विमान घरको चिम्नी, एउटा घर र पसलमा समेत क्षति पुगेको छ । स्थानीय अधिकारीहरूका अनुसार दुर्घटनामा जमिनमा रहेका १७ जना घाइते भएका छन् । यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
६१ वर्षीय गालेज्जीले आफ्नो परिवारलाई साउ पाउलोस्थित जुन्डिआईमा घुमाउन लगिरहेका थिए । रियो ग्रान्डे डो सुलका गर्भनर एडवार्डो लिटेले मारिने सबैभन्दा गालेज्जी परिवारकै सदस्य भएको बताए । उनका अनुसार खराब मौसमबिच विमानले उडान भरेको थियो ।
आइतबार बिहान विमान मात्र ३ किलोमिटर उडेपछि मानिसहरू बसोबास भएको क्षेत्रमा खसेको थियो । गालेज्जी कर्पोरेट रिस्ट्रक्चरिङ र क्राइसिस म्यानेजमेन्ट कम्पनी गालेज्जी एन्ड एसासिएडोसका सीईओ थिए ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण