बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

श्रीदेवीबिना कसरी बितिरहेको छ बोनी कपुरको जीवन ? दिए यस्तो जवाफ

शुक्रबार, ११ जेठ २०७५, ११ : १८
शुक्रबार, ११ जेठ २०७५

बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको फेब्रुअरी २४ तारिखमा दुबईमा निधन भएको थियो । नायिकाको अचानक मृत्यु भएपछि उनको परिवार र प्रशंसकलाई गहिरो झट्का लाग्यो । श्रीदेवीको निधनमा उनको परिवार अझैसम्म पनि शोकाकुल छ । हालै बोनी कपुरले श्रीमतीको मृत्युपछि पहिलो आधिकारिक अन्तर्वार्ता दिएका छन् । जसमा उनले श्रीदेवीको मृत्युपछि उनको जीवन कसरी चलिरहेको छ भन्ने जानकारी दिए ।

वेब पोर्टल मसालालाई दिएको अन्तर्वार्तामा बोनी कपुरले भने, ‘म आफ्ना सन्तानलाई आमा र बुवा दुबैको माया दिने कोसिस गरिरहेको छु । ’

बोनीले थपे, ‘श्रीदेवी अचानक बिदा भइन् । उनी बिनाका यी महिना निकै मुश्किल रह्यो । हाम्रो जीवनमा सबैकुरा फ्रिज भयो । धेरै कुरा भन्न बाँकी र गर्न बाँकी थिए । अब म आफ्ना सन्तानका लागि ती सबै कुरा बिस्तारै सुरु गर्दै छु । जुन कुरा अधुरा थिए त्यसलाई पुनः जीवन्त राख्न चाहन्छु । मलाई अझैसम्म विश्वास छैन कि उनी सदाका लागि यो संसारबाट बिदा भइसकेकी छिन् ।’

स्मरण रहोस्, आफ्नो एक पुरानो बयानमा बोनीले भनेका थिए, ‘संसारका लागि उनी चाँदनी थिइन्... एक उत्कृष्ट कलाकार... उनीहरुका श्रीदेवी....तर मेरा लागि उनी मेरो प्रेम, साथी, पार्टनर र मेरा सन्तानकी आमा थिइन् । मेरी छोरीहरुका लागि उनी सबथोक थिइन्, उनीहरुको जिन्दगी थिइन् । हाम्रो जीवन उनकै वरिपरि घुम्थ्यो ।’

 

My number 1 💕

A post shared by Sridevi Kapoor (@sridevi.kapoor) on

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप