बुमराहले बराबरी गरे अश्विनको कीर्तिमान

ब्रिस्बेन । ब्रिस्बेनमा भारत र अस्ट्रेलियाबिचको बोर्डर–गावस्कर ट्रफीको तेस्रो टेस्ट खेलपछि भारतीय तीव्र गतिका बलर जसप्रित बुमराहले भारतीय स्पिनर रविचन्द्रन अश्विनको कीर्तिमानको बराबरी गरेका छन् ।
यस खेलमा बलिङ गर्दा बुमराहले ९४ रनमा ९ विकेट लिएर १४ अङ्क जोडेका थिए । यसपछि आईसीसी टेस्ट बलिङ वरियतामा पहिले नै नम्बर एक रहेका बुमराहले यो स्थानमा आफ्नो पकड थप मजबुत बनाएका छन् ।
आईसीसीको पछिल्लो तथ्याङ्क अनुसार जसप्रित बुमराह ९०४ अङ्कका साथ आईसीसी टेस्ट बलिङ वरियतामा पहिलो स्थानमा छन् । यो कुनै पनि भारतीय खेलाडीले हासिल गरेको संयुक्त रूपमा उच्चतम रेटिङ हो। साथै, बुमराहसँग आगामी मेलबर्न टेस्टमा थप एक अङ्क बनाउने मौका छ।
उता, अस्ट्रेलियाका खेलाडी ट्राभिस हेडको लगातार सुधारिएको प्रदर्शनले उनलाई आईसीसी पुरुष टेस्ट ब्याटिङ वरियतामा चौथो स्थानमा पुग्न मद्दत गरेको छ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
-
पाकिस्तानको दाबी-भारतका प्रमुख सैन्य र पूर्वाधार लक्ष्यमा आक्रमण
-
पाकिस्तानको एयर स्पेस अस्थायी रूपमा बन्द, भारतले ३२ विमानस्थल बन्द गर्यो
-
पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य
-
चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा
-
सोमबार प्रचण्ड सुर्खेत आउँदै, वाइसीएलको प्रदेश सम्मेलनमा सहभागी हुने