जिम्बाबेको भूमिमा जब अफगानिस्तानका रहमत शाह र हसमतुल्लाहले दिन भर ब्याटिङ गरिरहे !
काठमाडौँ । घरेलु टोली जिम्बाबे र अफगानिस्तानबिच हाल बुलाबायोमा पहिलो टेस्ट क्रिकेट चलिरहेको छ । टस जिती ब्याटिङको निर्णय लिएको जिम्बाबेले आफ्नो पहिलो पालीमा पाँच सय ८६ रन बनाएको थियो । पहिलो पालीमा जिम्बाबेका लागि तीन ब्याट्सम्यानले शतक बनाएका थिए । घरेलु टोलीका लागि सिन विलियम्स (१५४ रन), कप्तान क्रेग एर्भिन (१०४ रन) र ब्राइन बेनेट (ण्अविजित ११ रन) प्रहार गरेका थिए ।
जवाफमा भ्रमणकारी टोली अफगानिस्तानका ब्याट्सम्यानले पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । पहिलो टेस्टको चौथो दिन त अफगानिस्तानका दुई ब्याट्सम्यानले दिनभर ब्याटिङ गरेर दर्शकहरुलाई गतिलो मनोरञ्जन समेत दिएका छन् । तेस्रो नम्बरका क्रिज समाल्न आएका रहमत शाह र चौथो नम्बरमा क्रिज समाल्न आएका कप्तान हसमतुल्लाह शाहिदीले दिनभर ब्याटिङ गरेका हुन् ।
रहमत शाह अविजित दुई सय ३१ र कप्तान हसमतुल्लाह अविजित एक सय ४१ रन बनाउँदै क्रिजमा छन् । यी दुई ब्याट्सम्यानको उत्कृष्ट प्रदर्शनपछि अफगानिस्तानले पहिलो पालीमा केवल दुई विकेट गुमाए चार सय २५ रन बनाइसकेको छ । रहमत शाह र कप्तान हसमतुल्लाहको साझेदारीले गजबको कीर्तिमान पनि बनाएको छ ।
यी दुबै ब्याट्सम्यानले तेस्रो विकेटका लागि तीन सय ६१ रनको साझेदारी गरे । टेस्ट क्रिकेटमा अफागानिस्तानका लागि कुनै पनि ब्याट्सम्यानले गरेको यो सबैभन्दा ठुलो साझेदारी हो । यसका अतिरिक्त, जिम्बाबेमा खेलिएको टेस्ट क्रिकेटको इतिहासमा कुनै पनि ब्याट्सम्यानले गरेको यो दोस्रो ठुलो साझेदारी पनि हो ।
रहमत शाहले बनाएको रन टेस्ट क्रिकेटमा अफगानिस्तानका कुनै पनि ब्याट्सम्यानले बनाएको सर्वाधिक रन पनि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण