ट्रम्पले किन्ने इच्छा देखाएको ग्रिनल्यान्ड जाँदै ट्रम्प जुनियर
वासिङ्टन डीसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ग्रिनल्यान्ड जाँदैछन् । डेनमार्कको उक्त स्वशासित क्षेत्र किन्न चाहेको भनेर ट्रम्पले अभिव्यक्ति दिएको दुई हप्ता नबित्दै डोनाल्ड ट्रम्प जुनियर ग्रिनल्यान्ड जान लागेका हुन् ।
निजी कामले उनी त्यसतर्फ जान लागेको र एक दिने यो यात्राका क्रममा उनले पोडकाष्टका लागि भिडियो रेकर्ड गर्ने भन्दै अमेरिकी सञ्चार माध्यमहरूले समाचार छापेका छन् ।
डिसेम्बरमा ट्रम्पले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि ग्रिनल्यान्ड किन्न चाहेको बताएका थिए । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पनि ग्रिनल्यान्ड किन्ने इच्छा देखाएका थिए । तर त्यति बेला कसैले पनि उनको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिएको थिएन ।
तर डिसेम्बरमा उनले पुनः यस्तो आशय दोहोर्याएपछि यसले ठुलै बहस निम्त्यायो । त्यसपछि डेनर्माकले ग्रिनल्यान्डको रक्षा बजेट बढाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण