नेपालगन्ज हुँदै भारत लाने तयारी गरिएको ३० लाख रुपैयाँ बराबरको भेप बरामद
बुटवल । काठमाडौँबाट नेपालगन्ज जाँदै गरेको टान्सर्पोटको गाडीमा राजस्व छली गरी ल्याएको ३० लाख रुपैयाँको इलेक्ट्रिक चुरोट (भेप) राजस्व अनुसन्धान कार्यालय बुटवलले बरामद गरेको छ ।
चीनबाट ल्याएको इलेक्ट्रिक चुरोट नेपालगन्ज हुँदै भारतको लैजाने तयारी गरेको सूचनाको आधारमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवलमा चेकजाँच गर्दा भेरी टान्सपोर्ट नेपालगन्जको ट्रकमा २६ सय पिस भेप फेला पारेको राजस्व अनुसन्धान कार्यालय बुटवलले जनाएको छ । भेरी ढुवानीको सेवाको रहेको उक्त ट्रकमा २ सय पिसका दरले १३ कार्टुन भेप भेटिएको थियो ।
यसमा डायमन्ड नेपाल इन्टरनेसनलका प्रतिनिधि स्याङ्जाको कालिगण्डी गाउँपालिका५ बस्ने रोजन न्यौपाने र बाँकेको नेपालगन्जका सनाउल्ह अन्सारीलाई पक्राउ गरिएको छ । राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेका अनुसार उनीहरूसँग बिगो बमोजिम ६२ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।
अनुसन्धान अधिकारीका अनुसार ३० लाख रुपैयाँ इलेक्ट्रिक बराबरको भेपको जम्मा १ सय रुपैयाँ मात्र बिल काटिएको थियो। चीनबाट उक्त चुरोट नेपालगन्जस्थित जमुनाहा नाकाबाट भारत महँगोमा बिक्री गर्ने उद्देश्यले ल्याएको अनुमान रहेको छ । राजस्व कार्यालयले यस विषयमा थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण