च्याम्पियन्स ट्रफीका लागि अफगानिस्तानको टोलीसँग जोडिए पाकिस्तानका पूर्वकप्तान
काठमाडौँ । पाकिस्तानी टोलीका पूर्वकप्तान युनिस खान अफगानिस्तानको राष्ट्रिय क्रिकेट टोलीसँग जोडिएका छन् । ४७ वर्षीय युनिस खान आगामी आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताका लागि मेन्टरको भूमिकामा अफगानिस्तानसँग जोडिएका हुन् ।
अफगानिस्तान क्रिकेट बोर्डका अनुसार, च्याम्पियन्स ट्रफीका लागि सुरु गरिने बन्द प्रशिक्षणमा युनिस खान अफगानिस्तानको टोलीसँग जोडिने छन् । यसअघि पनि उनी अफगानिस्तानको राष्ट्रिय टोलीसँग जोडिएका थिए ।
आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करण आगामी फेब्रुअरी १९ देखि मार्च ९ तारिखसम्म पाकिस्तानमा आयोजना हुँदैछ । प्रतियोगितामा आठ टोलीको सहभागिता रहने छ ।
अफगानिस्तानले कुनै पनि ठुलो प्रतियोगिताअघि आयोजक राष्ट्रकै पूर्वखेलाडीलाई आफ्नो प्रशिक्षण टोलीमा समावेश गर्ने गरेको छ । यसअघि सन् २०२३ को एकदिवसीय विश्वकपका लागि अफगानिस्तान क्रिकेट बोर्डले भारतका अजय जडेजालाई मेन्टर बनाएको थियो ।
यसैगरी, सन् २०२४ मा सम्पन्न आईसीसी टी–२० पुरुष विश्वकपमा पनि अफगानिस्तान क्रिकेट बोर्डले वेस्ट इन्डिजका ड्वेन ब्राभोलाई कन्सल्ट्यान्ट बलिङ प्रशिक्षकका रूपमा भित्राएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण