च्याम्पियन्स ट्रफीका लागि अफगानिस्तानको टोलीसँग जोडिए पाकिस्तानका पूर्वकप्तान

काठमाडौँ । पाकिस्तानी टोलीका पूर्वकप्तान युनिस खान अफगानिस्तानको राष्ट्रिय क्रिकेट टोलीसँग जोडिएका छन् । ४७ वर्षीय युनिस खान आगामी आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताका लागि मेन्टरको भूमिकामा अफगानिस्तानसँग जोडिएका हुन् ।
अफगानिस्तान क्रिकेट बोर्डका अनुसार, च्याम्पियन्स ट्रफीका लागि सुरु गरिने बन्द प्रशिक्षणमा युनिस खान अफगानिस्तानको टोलीसँग जोडिने छन् । यसअघि पनि उनी अफगानिस्तानको राष्ट्रिय टोलीसँग जोडिएका थिए ।
आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करण आगामी फेब्रुअरी १९ देखि मार्च ९ तारिखसम्म पाकिस्तानमा आयोजना हुँदैछ । प्रतियोगितामा आठ टोलीको सहभागिता रहने छ ।
अफगानिस्तानले कुनै पनि ठुलो प्रतियोगिताअघि आयोजक राष्ट्रकै पूर्वखेलाडीलाई आफ्नो प्रशिक्षण टोलीमा समावेश गर्ने गरेको छ । यसअघि सन् २०२३ को एकदिवसीय विश्वकपका लागि अफगानिस्तान क्रिकेट बोर्डले भारतका अजय जडेजालाई मेन्टर बनाएको थियो ।
यसैगरी, सन् २०२४ मा सम्पन्न आईसीसी टी–२० पुरुष विश्वकपमा पनि अफगानिस्तान क्रिकेट बोर्डले वेस्ट इन्डिजका ड्वेन ब्राभोलाई कन्सल्ट्यान्ट बलिङ प्रशिक्षकका रूपमा भित्राएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थाइल्यान्डमा एक सशस्त्र आक्रमणकारीले गोली चलाउँदा तीन जनाको हत्या
-
पत्रकारको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न आयोगको आग्रह
-
सदनमा गलत बोल्नेलाई तत्काल प्रतिवाद गर्न प्रधानमन्त्री ओलीको निर्देशन
-
एनआरएनएभित्र राजनीति नगर्न परराष्ट्रमन्त्रीको आग्रह
-
आरभ र स्वस्तिकालाई सिटिजन्स बैंक टेनिस उपाधि
-
पेटका केही कुरा, तस्बिरहरू