इजरायली ड्रोन आक्रमणमा ३ प्यालेस्टिनीको मृत्यु
बिहीबार, २५ पुस २०८१, ११ : १८
एजेन्सी । इजरायली हवाई आक्रमणमा दुई बालबालिकासहित तीन प्यालेस्टिनीको मृत्यु भएको छ । प्यालेस्टिनी सुरक्षा स्रोतहरूले बताएअनुसार इजरायली ड्रोनले शहरका युवाहरूको समूहमा बम विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ । इजरायली वायु सेनाको विमानले तामौन क्षेत्रमा एउटा समूहलाई लक्षित गरेको इजरायली सेनाले बताएको छ ।
यो २४ घण्टाभित्र शहरमा दोस्रो हवाई आक्रमण हो । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार, अक्टोबर ७, २०२३ देखि वेस्ट बैंकका शहर, गाउँ र शिविरहरूमा तनाव बढ्दै गएको छ ।
जसको परिणामस्वरूप इजरायली गोलीबारी र गोलाबारीबाट ८ सय भन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण