करिनाको सेक्सी पहिरनमा भड्किएका सेफले भने, ‘जाउ, कपडा परिवर्तन गरेर आउ’
करिना कपुर आजकाल आफ्नो फिल्म ‘वीरे दी वेडिङ’ को प्रोमोशनमा व्यस्त छिन् । फिल्म प्रोमोशनका क्रममा करिना स्टाइलिश र बोल्ड आउटफिटमा देखिने गर्छिन् । फिल्ममा प्रोमोशनको क्रममा करिनाको लुक प्रशंसकलाई निकै मन परिरहेको छ । तर करिनाको सेक्सी एण्ड हट लुक श्रीमान् सेफ अली खानलाई भने मन परेन । यतिमात्र होइन, करिनालाई कालो कपडामा दखेर उनका श्रीमानले कपडा परिवर्तन गर्ने आदेशसमेत दिएका थिए । यसबारे करिनाले एक अन्तर्वार्तामा खुलासा गरेकी हुन् ।
घटना के हो भने, हालै करिना कपुर उनको नयाँ फिल्मको म्युजिक लञ्च कार्यक्रममा पुगेकी थिइन् । त्यतिबेला उनले कालो रङको हट र सेक्सी ड्रेस लगाएकी थिइन् ।
कार्यक्रम पछि करिना जब घर गइन् तब सेफले उनको परिहनबारे टिप्पणी गरेको उनले बताइन् । सेफको भनाई उद्धृत गर्दै उनले भनिन्, ‘तिमीले यो के लगाएको ? जाउ कपडा परिवर्तन गरेर आउ’ ।
करिनाका अनुसार जब उनले सेफलाई कार्यक्रमको फोटो देखाइन् तब उनले लगाएको लुगा राम्रो भएको टिप्पणी गरे ।
निर्देशक शशांक घोषको फिल्म ‘वीरे दी वेडिङ’ जून १ मा रिलिज हुँदैछ । फिल्ममा करिनाका साथै सोनम कपुर, स्वरा भास्कर, शिखा तलसानिया मुख्य भुमिकामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण