राष्ट्रिय परिचयपत्रको विषयमा छलफल गर्न गृहमन्त्रीलाई बोलायो राज्यव्यवस्था समितिले
बिहीबार, ०३ माघ २०८१, १७ : ०९
काठमाडौँ । गृहमन्त्री रमेश लेखकलाई छलफल गर्न भन्दै राज्यव्यवस्था समितिले शुक्रबारका लागि बोलाएको छ । प्रतिनिधिसभा अन्तर्गत राज्य, व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रमेश लेखकलाई बैठकमा बोलाएर राष्ट्रिय परिचयपत्र सम्बन्धी छलफल गर्ने तयारी गरेको हो ।
समिति सभापति रामहरि खतिवडाका अनुसार राष्ट्रिय परिचपत्रको नाममा जनताले पाएको सास्तीको विषयमा केन्द्रित रहेर छलफल हुनेछ । उनले बैठक शुक्रबार दिउँसो साढे १२ बजेका लागि बोलाइएको पनि बताए ।
सरकारले सामाजिक सुरक्षा भत्ता लगायत क्षेत्रमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जनताबाट समस्यामा परेको गुनासो आएपछि गृहमन्त्रीलाई बोलाएर छलफल गर्न लागिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण