युद्धविराम सम्झौतालाई नेतन्याहूको मन्जुरी, मन्त्रिपरिषद्को बैठक शनिवार बस्दै

तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायल र हमासबिचको युद्ध विराम सम्झौतालाई अनुमोदन गरेका छन् । हमासका बन्धकहरूलाई गाजा पट्टीमा फर्काउने सम्झौता भएको उनले बताए ।
शुक्रवार नेतन्याहूले आफ्नो सुरक्षा मन्त्रिपरिषद्को बैठक बोलाउनेछन् । यसपछि सरकारले सम्झौतालाई अनुमोदन गर्नेछ ।
यसैबिच, इजरायलका विपक्षी नेताले सम्झौताको सम्बन्धमा प्रधानमन्त्री नेतन्याहूलाई समर्थन गरेका छन् । तर, इजरायलका राष्ट्रिय सुरक्षा मामिला मन्त्रीले चाहिँ सम्झौतालाई हतारमा गरिएको बताएका छन् । सम्झौता स्वीकार गरियो भने उनको पार्टीले सरकारलाई समर्थन नगर्ने उनको भनाइ थियो ।
इजरायल र हमासबिच गाजामा युद्ध विराम गर्ने र बन्धक बनाइएकाहरूको रिहाइबारे सम्झौता भएको छ । अहिलेसम्म इजरायलको तर्फबाट प्यालेस्टिनी कैदीहरूको रिहाइमा कुराकानी रोकिएको थियो । यो कुरा अब प्रधानमन्त्री नेतन्याहूले स्पष्ट पारेका छन् ।
यसपछि सम्झौतालाई इजरायली मन्त्रिपरिषद्को अनुमोदन प्राप्त गर्नुपर्नेछ । यस सम्बन्धमा शनिवार इजरायलको मन्त्रिपरिषद्को बैठक बस्नेछ । सम्झौताबारे विपक्षी नेता यायर ल्यापिडले माइक्रो ब्लगिङ वेबसाइट एक्समा ‘मैले बेन्जामिन नेतन्याहूलाई भनिरहेको छु कि डराउनु पर्दैन । सम्झौता पूरा गर्न तपाईंलाई पूर्ण सहयोग मिल्नेछ । यो हामीबिच अहिलेसम्म भएका सबै असहमतिहरू भन्दा बढी महत्त्वपूर्ण छ ।’
इजरायलका राष्ट्रिय सुरक्षा मामिला मन्त्री इटामार बेन ग्विरले चाहिँ युद्ध विराम सम्झौताको आलोचना गरेका थिए । उनले यसलाई हतार भनेका छन् । यो सम्झौता हतारमा भइरहेको भन्दै उनले एक्समा लेखेका छन् ।
यसमा सयौँ हत्यारा आतंककारीहरूको रिहाइ, गाजा पट्टीमा आतंककारीहरूको फिर्ती आदि बुँदा समावेश भएको उनले बताए । सम्झौताले युद्धका सबै उपलब्धिहरूलाई नष्ट गर्ने चिन्ता उनको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : शीर्ष स्थानको गुजरातलाई हरायो लखनउले
-
१२ बजे, १२ समाचार : रवि र छविबारेको सुनुवाई हेर्दाहेर्दैमा देखि भिजिट भिसा प्रकरणले गृहमा हलचलसम्म
-
झापामा एक वर्षमा दश करोड बढीको भन्सार छलीका सामान बरामद
-
तिनाउ खोलामा डुबेर भारतीय नागरिक बेपत्ता
-
खोलाले बगाउँदा महिलाको मृत्यु
-
राजेश हमाललाई शुभकामना दिँदै दीपकराजले भने– ‘संस्कार मैले राम्ररी बुझेको छु ’